तीन घरबाट चारवटा खसीहरू चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा

तीन घरबाट चारवटा खसीहरू चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २४ गते आईतबार ०८:२७

बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँ निवासी शान्तीबहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोबिन्द वि.क.को घरबाट एक÷एक खसी र बेसीशहर नगरपालिका– ७ बस्ने शुकमाया भुजेलको खोरबाट दुई वटा खसीहरू चोरी भएका थिए ।

क्व्होलासोथार गाउँपालिका– ३ घर भएका बर्ष ३४ का कालु गुरुङ हुन्

बेसीशहर– लमजुङको छुट्टा छुट्टै अखसीहरू चोरेर बिक्री गर्न लागेको पक्राउ परेका छन् । पाँच दिनको फरकमा चार खसी चोर्र्ने व्यक्ति प्रहरी फन्दामा गरेको असार २४ गते खुलासा भएको हो ।
प्रहरी फन्दामा पर्ने व्यक्ति लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ घर भएका बर्ष ३४ का कालु गुरुङ हुन् । उनले असार १९ गते राती बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँ निवासी शान्तीबहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोबिन्द वि.क.को घरबाट एक/एक खसी गरी दुईवटा खसी हराएका(चोरी भएको) थियो ।
सो सूचना पाएको प्रहरीले आसार २० गते ती दुवै खसीलाई सदरमुकाम बेसीशहर स्थित मासु पसलमा काट्नका लागि ठिक्क परिएको अवस्थामा बरामद गरेको थियो । यसैगरी, असार २४ गते बिहान जिल्ला लमजुङ बेसीशहर नगरपालिका– ७ बस्ने शुकमाया भुजेलको खोरबाट दुई वटा खसीहरू चोरी भएका थिए । त्यो सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बसको डिक्किमा राखी उल्लेखित खसीहरू बिक्री बितरण गर्न लैजादै गरेको अवस्थामा फेला पारी बरामद गरिएको । ती चारवटै खसीहरू चोरी गर्ने र विक्रीका लागि प्रयास गर्ने लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ घर भएका ३४ बर्षीय कालु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदिश रेग्मीले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले उल्लेखित खसीहरूको बजार मूल्य करिव ५० हजार रुपैयाँ रहेको एक पत्रमार्फत पुष्टि गरेको छ । उहाँले भन्नुभयो, ‘पक्राउमा परेका कालु गुरुङ उपर सम्मानित लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा पहिलो पटक दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।’

बरामद गरिएका खसीहरु सम्बन्धित धनीलाई बुझाइएको उहाँको भनाइ छ ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी गर्ने व्यक्तिलाई तीन देखि पाँच बर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति २०८० असार २४, आईतवार २०:२७ गते
हजुरको प्रतिक्रिया