जिल्लाको दुर्गम क्षेत्रमा रहेको सूर्योदय माविले करेसा बारीमा फलाउन थाल्यो तरकारी

जिल्लाको दुर्गम क्षेत्रमा रहेको सूर्योदय माविले करेसा बारीमा फलाउन थाल्यो तरकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३ गते बुधबार ०८:४९


‘ती दुई कक्षाले दैनिक तीन पिरियड करेसा बारीमा बिताउने गरेका छन् ।’ गत वर्ष बन्द र कोविबाट १५ हजार रुपैयाँ आम्दानी भएको विद्यालयले जनाएको छ ।

कक्षा– ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूले तरकारी फलाउन थालेका हुन्

घाम्राङ(लमजुङ)– जिल्लाको दुर्गम क्षेत्रमा रहेको सूर्योदय माविले आफ्नै हाताको करेसा बारीमा तरकारी फलाउन थालेको छ । व्यवसायिक विषयमा कृषि पढाई हुने सो विद्यालयका कक्षा– ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूले तरकारी फलाउन थालेका हुन् ।
त्यसका लागि २२ मिटर लम्बाई र छ मिटर चौडाई भएका दुई र २३ मिटर लम्बाई र छ मिटर चौडाई भएको एक स्थायी नटेन निर्माण गरिएको सो विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार टनेल निर्माण गर्नका लागि प्रधानमन्त्री कृषि अनुनिकीकरण परियोजनाबाट पनि सहयोग प्राप्त भएको थियो । उहाँले भन्नुभयो, ‘तीन वर्षदेखि विद्यालयमा कृषिको पढाई थालिएको हो । सो परियोजनाबाट टनेल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । विद्यालयको एक लाख ५० हजार समेत लगानी गरी टलेन निर्माण गरिएको हो ।’
यतिबेला, सो टनेलमा गोलभेडा, धनियाँ, मिटर बोडी, घिउ सिमी आदि लगाइएको सो विद्यालयका कृषि शिक्षक चन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार कक्षा– ९ मा ११ जना र कक्षा– १० मा पाँच जना विद्यार्थी रहेका छन् । उनीहरूलाई प्रयोगात्मक पढाईको ५० अंक समेत त्यसमै हुन्छ भने उत्पादित तरकारीको १५ प्रतिशत रकम विद्यार्थीलाई दिने गरिएको उहाँले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘करेसा बारीमा उत्पादन भएको वस्तु स्थानीय बजार, गिलुङ, टक्टार, डडुवा, रामबजारसम्म पुग्छ ।’ अलिक बढी जस्तो भयो भने सिधै पोखरा पनि पठाउँछौं ।’
गोलभेडा प्रति केजी ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म गाउँमा विक्री हुने गरेको शिक्षक चन्द्रको भनाइ छ । उहाँका अनुसार धनियाँ प्रति केजी तीन सय रुपैयाँ, घिउँ सिमि र मिटर बोडी दुई सयका दरले विक्री हुने गरेको छ ।
उहाँले भन्नुभयो, ‘ती दुई कक्षाले दैनिक तीन पिरियड करेसा बारीमा बिताउने गरेका छन् ।’ गत वर्ष बन्द र कोविबाट १५ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० श्रावण ३, बुधबार २०:४९ गते
हजुरको प्रतिक्रिया