आज राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, सर्वसाधारणलेसमेत खरिद गर्नसक्ने

आज राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने, सर्वसाधारणलेसमेत खरिद गर्नसक्ने

रासस

@antaranganews

२०८० भदौ १० गते आईतबार ०९:११

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ भदौ १० गते जारी गर्न लागेको हो ।
दिउँसो ३ बजेसम्म बोल कबोल हुने ऋणपत्र भोलि भदौ ११ गते निष्कासन हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । सो ऋणपत्रको ब्याजदर बोल कबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिक समेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुनेछ ।
घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा भाग लिन सक्नेछन् ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिने छ ।

प्रकाशित मिति २०८० भाद्र १०, आईतवार ०९:११ गते
हजुरको प्रतिक्रिया