बेसीशहर– शुभ दिपावली– २०८० को अवसरमा यो वर्ष ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको द्यौसी– भैलो यो वर्ष पोखरामा हुने भएको छ । उक्त कार्यक्रम आज कार्तिक २६ गतेबाट सुरु गर्ने तयारी छ ।
त्यसका लागि लमजुङबाट प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको नेतृत्वमा कार्यकारीहरूको टोली पोखरा प्रस्तान गरिसकेको छ । लोकसंस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका साथै प्रतिष्ठानको अक्षयकोष बृद्धि गर्ने उद्देश्यले द्यौसी– भैलो खेल्ने भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यो वर्षलाई ठाडोभाकाको प्रशिक्षण वर्षका रुपमा मनाउने तयारी गरेको जनाएको छ ।
२०७२ सालमा स्थापना भएको प्रतिष्ठानको स्थापनाकालमा ठाडोभाका अस्तित्वको संकटमा थियो तर ऐले भने त्यो भाका अब मर्दैन भन्ने स्थिति बनेको छ ।
प्रतिष्ठानले गत आवको असार मसान्तसम्ममा १३ लाख ५८ हजार अक्षयकोष बनाउने सकेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८० कार्तिक २६, आईतवार ०६:४४ गते