मर्स्याङ्दीमा पहिलो भेट्रान्स खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० को समापन

मर्स्याङ्दीमा पहिलो भेट्रान्स खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० को समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ३० गते बिहिबार ०१:३०

गाँउपालिका अध्यक्ष अर्जुन गुरुङले प्रतियोगिताको समापन कार्यक्रममा विजयीलाई पुरस्कार वितरण गर्दै यसअघिका खेलाडीलाई सहभागी गराएर आयोजना गरिएको फुटवल प्रतियोगिता नौलो अभ्यास भएको बताउनुभयो ।

पहिलो उपाधि मर्स्याङ्दी गाउँपालिका– ४ को युनिट युवा क्लव च्याम्चेलाई

भूलभूले(लमजुङ)– लमजुङमा पहिलो पल्ट शुभ दिपावली (तिहार)को अवसरमा मर्स्याङ्दीमा पहिलो भेट्रान्स खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० को आयोजना गरिएको छ । ङादी मस्र्याङ्दी युवा क्लवले आयोजना गरेको सो प्रतियोगिताको पहिलो उपाधि मर्स्याङ्दी गाउँपालिका– ४ को युनिट युवा क्लव, च्याम्चे टिमले कार्तिक २७ गते हात पारेको हो ।
मर्स्याङ्दी गाउँपालिका– ७ को ङादी खेलमैदानमा आयोजित फाइनल खेलमा मर्स्याङ्दी  गाउँपालिका– ४ को युनिट युवा क्लव, च्याम्चे टिमले प्रभात प्रगतिशील युवा क्लव भँगेरीलाई ३– ० गोल अन्तरले हराउँदै पहिलो उपाधि हासिल गरेको हो । विजयी युनिट च्याम्चेले ठूलो बोका प्राप्त गरेको छ । उपविजेता प्रभात प्रगतिशील युवा क्लव भँगेरीलाई सानो बोका प्रदान गरिएको छ । ती बोकाको मूल्य क्रमशः १८ हजार र १५ हजार रुपैयाँ परेको आयोजक क्लबका सचिव सरोज गुरुङले बताउनु भयो । उहाँका अनुसार नेपालीहरूको महान पर्व २०८० को पवन अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गाउँपालिकामै प्रहिलो प्रतियोगिता सञ्चालन गरेको हो ।
पालिका भित्रका जम्मा १८ टिमले भाग लिएको उक्त प्रतियोगितामा च्याम्चे टिम र भङ्गेरी/मुल बजार फाईनलमा पुग्न सफल भएकोमा, च्याम्चे बिजय हुन सफल भएको आयोजक क्लबका सचिव सरोज गुरुङले बताउनु भयो । उहाँका अनुसार ङादी मर्स्याङ्दी युवा क्लवले पहिलोपटक गाउँपालिकामै पूर्वखलाडीहरू बीचको फुटवल प्रतियोगिता आयोजना गरेको हो ।
गाँउपालिका अध्यक्ष अर्जुन गुरुङले प्रतियोगिताको समापन कार्यक्रममा विजयीलाई पुरस्कार वितरण गर्दै यसअघिका खेलाडीलाई सहभागी गराएर आयोजना गरिएको फुटवल प्रतियोगिता नौलो अभ्यास भएको बताउनुभयो । उहाँले खेलाडी उत्पादनमा पूर्व खेलाडीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले अग्रज खेलाडीबाट अनुज खेलाडीले धेरै सिक्नुपर्नेमा जोड दिनुभयो ।
ङादी मर्स्याङदी युवा क्लबका अध्यक्ष बालकृष्ण गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव सरोज गुरुङले गर्नुभएको थियो । सचिव गुरुङका अनुसार प्रतियोगितामा कार्तिक २४ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगिताको उदघाटन पनि सोही गाँउपालिका अध्यक्ष अर्जुन गुरुङले गर्नु भएको हो । सो अवसरमा विभिन्न नृत्य समेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक ३०, बिहीबार १३:३० गते
हजुरको प्रतिक्रिया