नइका चार कृतिको एक साथ लोकार्पण

नइका चार कृतिको एक साथ लोकार्पण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २८ गते शनिवार ०२:३३

लोकार्पित कृतिमा ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृति हुन् ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

काठमाडौें– वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बीच लोकार्पण गर्नुभयो । ती कृतिको पुस २६ गते लोकार्पण गरिएको हो ।
लोकार्पण गरिएका कृतिहरूमा नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृति छन् ।
साो अवसरमा वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा अनुवादक अणुराज जोशी तथा डा.अनिष मुडभरीबाट लोकार्पित कृतिहरूबारे मन्तव्य प्रस्तुत भएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सो समारोहमा सञ्चालित थियो ।
सो अवसरमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरू र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० पुष २८, शनिबार १४:३३ गते
हजुरको प्रतिक्रिया