एमाले सुर्खेतको नेतृत्व देवकोटाको काँधमा, दोब्बर बढी मतले विजयी

एमाले सुर्खेतको नेतृत्व देवकोटाको काँधमा, दोब्बर बढी मतले विजयी

एजेन्सी

@antaranganews

२०८० चैत १२ गते सोमबार ०९:५६

सुर्खेत गृह जिल्ला भएकाले यहाँ यामलाल कँडेलको दबदबा छ । पदाधिकारीमा पुनः कँडेलकै टिमको वर्चश्व कायम भएको छ । यहाँ कँडेल र इतर समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।
सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष देवकोटाले प्राप्त गर्नु भएको घोषित नतिजामा ३५१ मत सर्वाधिक पपुलर मत हो ।

सुर्खेत– नेकपा एमाले सुर्खेतको नेतृत्व कुलमणि देवकोटाको काँधमा आएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएसँगै उहाँलाई चैत १२ गतेदेखि सो मौका मिलेको हो ।
हिजो भएको नयाँ नेतृत्वको निर्वाचनमा यामलाल कँडेल निकट देवकोटा निकटतम प्रतिस्पर्धी अमृतकुमार विसीलाई हराउँदै अध्यक्षमा निर्वाचित देवकोटा निर्वाचित हुनु भएको छ । उहाँले ३५१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी विसीले मात्र १३२ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सो निर्वाचनको उपाध्यक्षमा मोहनसिंह बडुवाल विजयी हुनुभएको छ । उपाध्यक्षमा विजयी बडुवालले ३४६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी ताराकेशर गौतमले मात्र १३० मत पाउनु भयो । यसैगरी, सचिवमा डम्बरप्रसाद तिवारी विजयी हुनुभएको छ । तिवारी २९१ मतसहित विजयी हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले १८९ मत पाउनु भएको छ । उपसचिव (खुला) मा टिकाराम सोमै तथा महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएको निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । उहाँहरूले क्रमशः ३२४ मत र ३३५ मत पाउनु भएको छ । ती पदका अर्का प्रत्यासी हरिप्रसाद अधिकारी र तृप्ती विकले क्रमशः १४३ मत र १३३ मत पाउनु भएको छ ।
सुर्खेत गृह जिल्ला भएकाले यहाँ यामलाल कँडेलको दबदबा छ । पदाधिकारीमा पुनः कँडेलकै टिमको वर्चश्व कायम भएको छ । यहाँ कँडेल र इतर समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।
सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत्र १२, सोमबार ०९:५६ गते
हजुरको प्रतिक्रिया