उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा रास्वपालाई सिध्याउने षड्यन्त्र भएको खुलासा

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा रास्वपालाई सिध्याउने षड्यन्त्र भएको खुलासा

एजेन्सी

@antaranganews

२०८१ बैशाख ८ गते शनिवार ०८:३३

उहाँले मतदाताहरूलाई अनुरोध गर्दै भन्नुभयो, ‘चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनु पर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने बेला आएको छ ध्यान दिनु होला ।’

देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक छ ।

इलाम– उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभावति रविले वर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको बैशाख ८ गते बताउनु भएको हो ।
रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसँग नरहेको बताउँदै उहाँले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले मतदाताहरूलाई अनुरोध गर्दै भन्नुभयो, ‘चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनु पर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने बेला आएको छ ध्यान दिनु होला ।’
उपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएका उहाँले मौन अवधिमा हुने आचारसंहिता विरुद्धका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनु भयो ।

प्रकाशित मिति २०८१ बैशाख ८, शनिबार २०:३३ गते
हजुरको प्रतिक्रिया