भारतको निर्वाचन परिणाम आज : प्रधानमन्त्रीमा ह्याट्रिक गर्दै मोदी

भारतको निर्वाचन परिणाम आज : प्रधानमन्त्रीमा ह्याट्रिक गर्दै मोदी

एजेन्सी

@antaranganews

२०८१ जेठ २२ गते मङ्गलबार ०६:३०

भाजपाले क्रमशः २८२ र ३०३ सिट प्राप्त गर्दै दुवै निर्वाचनमा ठूलो अन्तरले जितेको थियो । भाजपाका नेताहरूले यो निर्वाचनमा ४ सय बढी सिट जित्ने आंकलन गरेका छन् । मोदीले सन् २०१४ मा प्रस्ताव गरेको ‘मेक इन इन्डिया’ पहल पनि भारतको आर्थिक वृद्धिमा उत्पादन क्षेत्रको योगदानलाई केन्द्रित गरेको थियो । सन् २०१५ मा १६ प्रतिशतबाट सन् २०२२ सम्म २५ प्रतिशतमा पुर्याउने लक्ष्य भए तापनि यो बास्तबमा १३ प्रतिशतमा झरेको छ ।

निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी : निर्वाचन आयोग

नयाँदिल्ली– विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा ६ हप्ता लोकसभाको लामो निर्वाचनको परिणाम भारतीय निर्वाचनको मत पारिणाम आज जुन ४ अर्थात जेठ २२ गते आउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सो पदमा ह्याट्रिक गर्ने निश्चित प्रायः रहेको आंकलन गरिएको छ ।
भारतमा निर्वाचनका लागि योग्य मतदाता संख्या विश्वकै सबैभन्दा ठूलो संख्या हो । यो निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले हिजो बताए । आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको दावी गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरे । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताले भाग लिए । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनको आंकलन छ ।
आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्यांकको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र यो सन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ ।
मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजे पनि निर्वाचनमा ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्त कुमारको भनाइ छ । आयोगका अनुसार आज २२ गते मतगणनाको नतिजा आउनेछ ।
अधिकांश ‘एक्जिट पोल’ले मोदी विजयको बाटोमा रहेको देखाउँछ । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले रेकर्ड सङ्ख्यामा मतदान गरेको कुरामा आफू विश्वस्त रहेको बताएका छन् । अधिकांश निर्वाचन सर्वेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने आंकलन गरेका छन् ।
भारतसँग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।
तेस्रोपटक प्रधानमन्त्री बन्ने संघारमा मोदी :
प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । लोकसभा निर्वाचनको मतदान सकिए लगत्तै प्रधानमन्त्री मोदीले आफ्नो जितको दाबी गरेजस्तो परिणाम आउने आंकलन छ । मोदीले सामाजिक सञ्जाल एक्समा, ‘म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडीए सरकारलाई पुनः निर्वाचित गर्ने कीर्तिमानी संख्यामा मतदान गरेका छन् ।’
भारतमा कुनै एक दल वा गठबन्धनलाई सरकार बनाउनका लागि तल्लो संसद् लोकसभामा २ सय ७२ सिट आवश्यक पर्छ ।
भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्यसभा वा राज्यपरिषद्) छन् । लोकसभाका ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।
भारतमा लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले १ उम्मेदवारलाई भोट दिन्छन् र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार चुनाव जित्छन् । बहुमत सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउँदै आएको छ ।
मोदी सन् २०१४ मा प्रधानमन्त्रीमा पहिलोपटक निर्वाचित भएका थिए । उनी सन् २०१९ मा पुनः निर्वाचित भएका हुन् । भाजपाले क्रमशः २८२ र ३०३ सिट प्राप्त गर्दै दुवै निर्वाचनमा ठूलो अन्तरले जितेको थियो । भाजपाका नेताहरूले यो निर्वाचनमा ४ सय बढी सिट जित्ने आंकलन गरेका छन् । मोदीले सन् २०१४ मा प्रस्ताव गरेको ‘मेक इन इन्डिया’ पहल पनि भारतको आर्थिक वृद्धिमा उत्पादन क्षेत्रको योगदानलाई केन्द्रित गरेको थियो । सन् २०१५ मा १६ प्रतिशतबाट सन् २०२२ सम्म २५ प्रतिशतमा पुर्याउने लक्ष्य भए तापनि यो बास्तबमा १३ प्रतिशतमा झरेको छ ।
पछिल्लो प्रि पोल सर्वेक्षणले देशमा लगातार उच्च बेरोजगारी दर निम्त्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । निर्वाचनसँग सम्बन्धित एक निजी संस्थाले गरेको सर्वेक्षणमा करिब १० हजार उत्तरदातामध्ये आधाभन्दा बढीले मूल्यवृद्धि र जागिरको अभाव बढ्दै गएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भारतीय इतिहासमा लामो समयसम्म सत्तामा रहँदा पनि सन् २०१४ को आमनिर्वाचनमा राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर भाजपाविरुद्ध ठूलो हार बेहोरेको थियो ।
यस चुनावमा प्रधानमन्त्री मोदी लोकप्रियताका साथ आए तापनि उनको मुख्य प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी र विपक्षी दलहरूको गठबन्धनले आफ्नो लामो चुनावी अभियानका बेला उल्लेख्य माहोल बनाउन सकेका थिए ।
अहिले भाजपा, मुख्य विपक्षी दल कंग्रेस पार्टी र क्षेत्रीय विपक्षी दलहरू सात चरणको बिगत १ वर्षयता नै विभिन्न अभियानहरू चलाउँदै आएका थिए ।
भाजपा नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिट पु¥याउने भन्दै एक्जिट पोलहरूले जनाएका छन् । पोलहरूमा एनडीएले सदनमा झन्डै दुईतिहाइ सिट पुर्याउने प्रक्षेपण गरेका छन् । एनडीएले उत्तर प्रदेश, आन्द्रप्रदेश, मध्येप्रदेश, बिहार, पश्चिम बंगालमा उल्लेख्य सिट जित्ने एक्जिट पोलले देखाएको छ । गोवा, उत्तराखण्ड, हिमाञ्चल जस्ता साना राज्यहरूमा पनि एनडीएको पभाव देखिने उल्लेख छ ।
विपक्षीले भारतमा निकै अविश्वसनीय हुने एक्जिट पोलका नतिजालाई खारेज गर्दै उनीहरूलाई समान प्रतिष्पर्धाको मौका दिन अस्वीकार गरेको आरोप लगाएको छ ।
चुनावी प्रक्षेपक्षका नतिजा फरकफरक भए तापनि एनडीएले ३ सय ५५ देखि ३ सय ८० बीचमा सिट जित्ने अनुमान गरिएको छ । सन् २०१९ को चुनावमा भाजपाले ३ सय ३ सिट जितेको थियो ।
भारत संसारकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । जहाँ ९६ करोड ९० लाख जनताले मतदान गरेका छन् । त्यहाँका २८ राज्य र ८ केन्द्र शासित भूभागहरूका छन् ।

प्रकाशित मिति २०८१ जेष्ठ २२, मंगलवार ०६:३० गते
हजुरको प्रतिक्रिया