हस्तान्तरण गरिएको सोलारप्यानलको क्षमता २४ भोल्टको र ब्याट्रीको क्षमता १६० एएचआईको रहेको छ ।
करिब सवा लाख रुपैयाँ बराबरको एक सोलार प्यानल र दुई ब्याट्री प्रदान गरिएको हो ।
गोविन्दबस्ती, माडी(चितवन)– बैष्णव मिष्ठान्न भण्डार चितवनले यहाँ स्थित दुरा सेवा समाज र कालिका आमा समूहलाई एक सोलार प्यानल र त्यसको दुई थान ब्याट्री प्रदान गरेको छ । समाजको सामुदायिक भवनमा एक औपचारिक कार्यक्रमका बीच ती सामग्री मिष्ठान्न भण्डारका संस्थापक प्रोपाइटर विष्णुप्रसाद सापकोटाले समाज र समूहका अध्यक्षद्वय क्रमशः कुलबहादुर दुरा र डिलमाया दुरालाई जेठ २६ गते हस्तान्तरण गर्नु भएको हो ।
सो कार्यमा प्रो. सापकोटालाई ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ तथा सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, दुरा सेवा समाजका जिल्ला सचिव चित्रकार दुरा, प्रो. सापकोटाकी सहधर्मिणी भुमादेवीले साथ दिनु भएको थियोे ।
सोलार प्यानल हस्तान्तरण पछि प्रो, सापकोटाले यो कार्य सेवाभावले यहाँ खाचो छ भन्ने बुझेपछि परिवारमा सल्लाह गरि प्रदान गरिएको हो भन्नुभयो । उहाँले ‘सेवानै ठूलो धर्म हो’ भन्ने वैदिक शास्त्रीय मतमा विश्वास गर्ने भएको हँुदा यो सानो सहयोग प्रदान गरिएको हो भन्नुभयो । आफ्नो परिवारलाई सहयोगको अवसर प्रदान गर्नु भएकोमा यहाँको समाज, आमा समूह, होमस्टे परिवारहरू धन्यवाद छ । यो सहयोगले सबैलाई काम गर्न सहजता मिल्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । यहाँहरू सबैको प्रगति हँुदै जाओस्, त्यस्तो खवर सुनिरहन पाउ भन्ने उहाँले कामना गर्नु भएको थियो ।
दुरा सेवा समाजका अध्यक्ष कुलबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको साथमा कालिका आमा समूहका अध्यक्ष डिलमाया दुरा सहितका सदस्यहरूको सहभागिता थियोे । सो अवसरमा उहाँहरूले सापकोटा परिवारका सदस्यहरूलाई स्वागत गर्नुका साथै विदाई समेत गर्नु भएको थियोे । उक्त कार्यक्रममा प्रो. सापकोटा सम्पत्ती एवम् बुहारी जमुनाका साथमा नातिहरूसमेत सहभागी हुनुहुन्थ्यो ।
दुरा सेवा समाज माडी इकाईका अध्यक्ष कुलबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही समाजका चितवन जिल्ला अध्यक्ष श्याम दुराले गर्नु भएको थियोे । श्यामले क्षणक्षणमा विद्युत जाने समस्याले आफूहरूले अप्ठ्यारो सहन गर्दै आएकोमा अब भने सहज हुनेछ भन्ने विश्वास लिएको जानकारी दिदै दाता परिवारलाई सबैकोतर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
हस्तान्तरण गरिएको सोलारप्यानलको क्षमता २४ भोल्टको र ब्याट्रीको क्षमता १६० एएचआईको रहेको दुरासेवा समाजका जिल्ला सचिव चित्रबहादुर दुराले जानकारी दिनुभएको थियोे ।
उक्त अवसरमा ठाडोभाकाको प्रशिक्षणमा भाग लिइरहेका प्रशिक्षक टिम र सहभागीहरूले ठाडोभाका लगायतका गीत गाएर तथा नाचेर सापकोटा परिवारलाई सम्मान गर्नुभएको थियोे ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..