प्रथम भेटट्रान्स कप फुटसल प्रतियोगिताको तयारी

प्रथम भेटट्रान्स कप फुटसल प्रतियोगिताको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ २९ गते मङ्गलबार ०८:४९

एक टिममा ३० वर्ष उमेर पार गरेका दुई जना र अन्य सबै ३५ वर्ष नाघेको हुनुपर्ने सर्त राखिएको छ भने प्रत्येक खेलमा म्यानअफ दि म्याच घोषणा गरिने छ ।

प्रतियोगितामा जिल्ला बाहिरका ४ वटा आमन्त्रित टिमलाई अमन्त्रित गरी सहभागी गराइने

बेसीशहर– लमजुुङको जिल्ला सदरमुुकाम बेसीशहरमा प्रथम भेटट्रान्स कप– २०८१, सेभेन ए साइड फुटसल प्रतियोगिताको तयारी थालिएको छ । लमजुुङ फुटसलको आयोजनामा असार १ गतेदेखि सहजी खेल मैदानमा प्रथम भेटट्रान्स कप फुटसल प्रतियोगिता हुने भएको जेठ २८ गते जानकारी दिइएको हो ।
आयोजक लमजुुङ फुटसलले यहाँ पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगिताको तयारी थालिएको बारेमा जानकारी दिएको हो । लमजुुङ जिल्लामा पहिलो पटक भेट्रान्स कप फुुटसल प्रतियोगिता हुन लागेको जानकारी लमजुुङ फुुटसलका सञ्चालन इन्द्र रानाले बताउनुुुभयो । उहाँका अनुसार ३५ वर्ष माथि उमेर समुहका युवाहरूबीच प्रतिस्पर्धा गराइने भएको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगीहरूलाई शारीरिक तथा मानसिक तनाव बढी हुने भएकाले मनोरञ्जन र खेलका माध्यमबाट तन्दुुरुस्त राख्दै भाइचाराको सम्वन्ध कायम राख्न र फुटसल खोलको विकास गर्ने मुख्य उद्धेश्यले पहिलो पटक भेटट्रान्स कपको आयोजना गरिएको हो ।’  सो अवसरमा रानाले खेल सम्बन्धमा तयार गरिएको आधार पत्र पढेर पत्रकारहरूलाई सुनाउनु हुँदै पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
खेल मैदान सेवेन ए साइडको भएता पनि खेलहरू भने फिफा नियम अनुसार खेलाइने प्रतियोगिताका संयोजक रानाले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने समुहले असार ३२ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । उहाँले भन्नुभयो, ‘एक टिममा ३० वर्ष उमेर पार गरेका दुई जना र अन्य सबै ३५ वर्ष नाघेको हुनुपर्ने सर्त राखिएको छ, सर्त नाघेको थाहा भएमा तत्काले त्यस्टो टिमलाई खेलको प्रतिस्पर्धाबाट बाहिर निकालिने छ ।’
खेलाडी संख्या ७ प्लस ३ जना हुनुपर्ने जनाउँदै प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने, द्वितीय हुने टिमलाई नगद २५ हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने तयारी रहेको संयोजक रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद १०/१० हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिने छ । साथै प्रत्येक खेलमा म्यानअफ दि म्याच घोषणा गरिने छ ।
खेल सञ्चालनका लागि अनुुमानित ३ लाख ६० हजार रुपैयाँ खर्च अनुुमान गरिएको छ ।
असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टिम भन्दा बढी समुुह सहभागी हुने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलन गरिरहदाको समयसम्म १८ टिम सम्पर्कमा आएको जानकारी दिदै रानाले भन्नुुभयो, ‘प्रतियोगितामा जिल्ला बाहिरका ४ वटा आमन्त्रित टिमलाई अमन्त्रित गरी सहभागी गराइने छ ।’

प्रकाशित मिति २०८१ जेष्ठ २९, मंगलवार २०:४९ गते
हजुरको प्रतिक्रिया