निजामती सेवा दिवस– २०८१ मा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघ बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता : फोटो फिचर सहित

निजामती सेवा दिवस– २०८१ मा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघ बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता : फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १९ गते बुधबार १२:३१

निजामति सेवा दिवसको नारा यो वर्ष पनि गत वर्षकै नारा ‘व्यवसायीक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’लाई निरन्तरता दिइएको छ ।

सो प्रतियोगितामा १०– २ गोलको फराकिलो अन्तरले निजामति कर्मचारीको टिम विजयी भएको छ ।

बेसीशहर– २१ औं निजामती सेवा दिवसका अवसरमा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघ बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । यहाँ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पससँगै रहेको फुटसल खेल मैदानमा सो प्रतियोगिता भदौ १९ गते भएको हो ।
सो प्रतियोगितामा १०– २ गोलको फराकिलो अन्तरले निजामति कर्मचारीको टिम विजयी भएको छ । सो टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले गर्नु भएको थियो भने पत्रकार महासंघको नेतृत्व जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले गर्नु भएको थियो ।
सो प्रतियोगिता प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले प्रतियोगिताका रेफ्री अनिल अधिकारीलाई बल हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो । सो प्रतियोगितामा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख अनिल अधिकारीले ह्याटिङक गोल गर्नु भएको थियो ।
प्रतियोगिताको समापनका अवसरमा सहभागी सबैलाई प्रमाणपत्रको प्रवन्ध आयोजकबाट गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले निजामति सेवाको मुख्य दिन २१ र २२ गते भएता पनि दिवसको सन्दर्भमा आज यो खेल खेलाउने काम भएको छ । यो खेला प्रतिष्पर्धाका लागि भन्दा पनि आपसमा सदभाव बढाउनका लागि सन्देशमूलक होस् भन्ने उद्देश्यले सञ्चालन गरेको बताउनु् भयो । उहाँले विगतदेखिनै यस्तो खेल हुने गरिआएकोमा यसलाई आउँदा दिनमा पुरस्कार समेत राखेर थप व्यवस्थित गर्न सकिने बताउनु भयो । खेल उद्देश्य अनुरुप गुनासो रहित सौहार्दपूर्ण रह्यो कुनै खेलाडी घाइते हुनु भएन, घाउँचोट लागेको यो पक्ष राम्रो रह्यो भन्दो सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले अपासमा सदभाव बढाउन आयोजित खेलले मैदानमा पुगेपछि खेल्नु पर्ने रहेछ भन्ने भावनको समेत विकास गरेको उल्लेख गर्नु भयो । मैत्रीपूर्ण खेल आउँदा वर्षमा थप व्यवस्थित होस् उहाँले भन्नुभयो ।
सहयाक प्रजिअ एवम् निजामति कर्मचारी सेवा दिवस मूल आयोजक समिमितका कावा अध्यक्ष समेत रहनु भएका गोकर्णराज सुयलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उहाँले यस वर्षको नारालाई सार्थक बनाउन सबैले पहल गर्नु पर्ने बताउनु भएको थियो ।
निजामति सेवा दिवसको नारा यो वर्ष पनि गत वर्षकै नारा ‘व्यवसायीक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’लाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति २०८१ भाद्र १९, बुधबार १२:३१ गते
हजुरको प्रतिक्रिया