कृषि हाट बजारमा किसान र उपोभोक्ता उत्साहित

कृषि हाट बजारमा किसान र उपोभोक्ता उत्साहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २४ गते सोमबार ०९:२९

उक्त हाटमा स्थानिय किसानले उत्पादन गरेका मोहि, सालको पात, टिमुर, भ्याकुर, हास, लोकल कुखुरा, घिरौला, चिचिण्डा, अम्बा, फर्सी, घीउ, मह, लसुन, प्याज, साग, कागती, कागतिको अचार, सिस्नो, सिमि, गुन्द्रुक, अम्रेसो कुचो, अकबरे खुर्सनी, कुरिलो, भेडी आदि उत्पादन बिक्रिका लागि राखिएको थियोे ।

लमजुङ– लमजुङको सुन्दरबजारमा सञ्चालित कृषि हाट बजारमा किसान र उपोभोक्ता उत्साहित भएका छन् । सुन्दरबजार हाट बजार व्यवस्थापन समितिको संयोजन र एभरेष्ट साकोसको समन्वयमा सञ्चालन गरिएको हाट बजारमा कृषि उपज उत्पानकर्ता किसानहरू र ति उपज उपभोग गर्ने उपोभोक्ताहरू उत्साहित भएका हुन् । उक्त हाट बजारमा अर्गानिक फलफुल र तरकारीका उत्पादित वस्तुहरू आफ्नै हातले विक्रिगर्न पाउँदा किसानहरू उत्साहित भएका हुन भने उपभोक्ताहरू पनि अन्यत्र रहेका पसलहरूको तुलनामा सुलभ मुल्यका आफ्नै गाँउ छरछिमेकमा उत्पादन भएका अर्गानिक ताजा वस्तुहरूको सेवन गर्ने अवसर पाउँदा उत्साहित देखिएका छन् ।
उक्त हाज बजारमा उत्पादक र उपभोक्ताको उत्साहजनक सहभागिता रहेको थियो । लमजुङको सुन्दरबजार नगरपालिका – ७ को फिल्म हल रोड स्थित एभरेष्ट साकोस सँगै स्टल निर्माण गरी हाट सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष एवं सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनुभयो । उनका अनुसार सालको पात १०० प्रति मुठा, भ्याकुर १०० प्रति केजि, गोलभेडा ८० प्रति केजि, घिरौला ७० प्रति केजि, प्याज १०० प्रति केजि, लसुन ३०० प्रति केजि, केरा काचो ८० प्रति केजि, केरा पाकेको १०० प्रति केजि, अम्बा १०० प्रति केजि मुल्य रहेको थियो ।
उहाँले भन्नुभयो सुन्दरबजार नगरपालिकाका किसानहरू बाहेक लमजुङको राइनास नगरपालिका– ८को हर्राबोट र तार्कुघाट क्षेत्रका साथै तनहुँको भानु नगरपालिका– ११ मानेचौका र खाल्टेका किसानहरूको आआफ्नो उत्पादन सहित प्रत्यक्ष उपस्थिति रहेको थयो ।
हाटबजारमा आफ्नो उत्पादन विक्रि गर्न ल्याएकी सुन्दरबजार नगरपालिका – ५ गहतेकी ६५ बर्षीया किसान बालकुमारी गुरुङले आँफुले उत्पादन गरेको काक्रो, मोहि, टिमुर, घिरौला ल्याएको बताउनु भयो । उनका अनुसार यस्तो हाट हप्तामा २ दिन सञ्चालन गर्नु पर्ने र कृषि बस्तु ढुवानीमा अनुदान दिएमा आँफुहरूलाई सहज हुने थियो । उहाँले थप भन्नुभयो आफुँले ल्याएको सामान डेढ दुइ घण्टामै सबै विक्रि भयो ।
त्यस्तै सुन्दरबजार– ५ कै खहरे निवासी चिजा माया मजाकोटिले गएको हप्ता अनदिको चामल र यो हप्ता सालको पात ल्याएको सबै चिज बिक्रि सहज रुपमा भएको बताउनुभयो । उहाँले पनि ढुवानीमा सहुलियत हुनु पर्ने माग गर्नुभयो ।
कृषि हाटबजारमा आएका सबै स्थानीय कृषि वस्तुहरू गत साता रू ७२५००को कारोबार भएको थियो भने यो हप्ता करिब ८५००० को कारोबार भएको बजार व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आउँदो हप्ता देखि करिब रू १००००० को कारोबार हुने आंकलन गरिएको छ ।
उक्त हाटमा स्थानिय किसानले उत्पादन गरेका मोहि, सालको पात, टिमुर, भ्याकुर, हास, लोकल कुखुरा, घिरौला, चिचिण्डा, अम्बा, फर्सी, घीउ, मह, लसुन, प्याज, साग, कागती, कागतिको अचार, सिस्नो, सिमि, गुन्द्रुक, अम्रेसो कुचो, अकबरे खुर्सनी, कुरिलो, भेडी आदि उत्पादन बिक्रिका लागि राखिएको थियोे ।
उक्त हाट बजारका लागि सुन्दरबजार नगरपालिका, सोहि नगरपालिकाको वडा नं. ७ को वडा समिति, नगरपालिकाको कृषि र पशु सेवा शाखा, आरसिडिसि / वल्र्ड भिजन, लमजुङ कृषि क्याम्पस, लउवा संघ सुन्दरबजार ईकाई, सुन्दरबजार चेम्बर अफ कमस लगायतका संस्थाहरूको सहयोग रहेको सुन्दरवजार नगरपालिका–७ का जयराम रेग्मीले बताउनुभयो ।
ओर्गनिक कृषि बस्तु शुपथ मुल्यमा खरिद गरि उपभोग गर्न पाउँदा स्वास्थ र आर्थिक रुपमा फाइदा हुने तर यसलाई हप्तामा दुई दिन गर्दा उपयुक्त हुने उपभोक्ता सिताराम प्रसाद शाहले सुझाव दिनु भएको छ ।
सुन्दरबजार क्षेत्रमा बसोबास गरि साँझ बिहान किनमेल गरि खाने उपोभोक्ताको सङ्ख्या १३०० रहेको आँफुहरूले गरेको सर्वेक्षणबाट खुल्न आएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ ति उपोभोक्ता मध्य १२ देखि १५ प्रतिशतले मात्र उक्त हाट बजारबाट सामान खरिद गर्ने बानि बसाले भने उक्त हाट सञ्चालनका लागि कुनै समस्या नहुने देखिएको छ ।

प्रकाशित मिति २०८१ भाद्र २४, सोमबार २१:२९ गते
हजुरको प्रतिक्रिया