आयोजक सामुदायिक रेडियो मर्स्याङदीका स्टेशन मैनेजर मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले रेडियोले स्थापनाकालदेखिनै महिला सशक्तिकरणका कार्यमा विशेष ध्यानदिदै काम गरेको र यो तालिम पनि त्यसकै यौटा उदाहरण हो भन्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुङद्वारा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित सामुदायिक रेडियो मर्स्याङदीले सञ्चालन गरेको दुई दिने रेडियो प्रस्तोता तालिमको समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि प्रजिअ बुद्धबहादुर गुरुङले सो तालिमका सहभागीहरूलाई प्रमाणपत्र असोज ७ गते वितरण गर्नुभयो ।
प्रमाणपत्र वितरण पछि प्रजिअ गुरुङले सहभागीहरू बधाई एवम् शुभकामना दिदै बोल्नका लागि पनि सीपको आवश्यकता पर्छ र त्यसका लागि तालिम चाहिन्छ भन्नु भयो । उहाँले सफल उदघोषक बन्न सकेमा पैसा समेत कमाउने सकिन्छ भन्दै सहभागीहरूको आत्मविशपूर्ण प्रस्तुतिले तालिम सफल भएको संकेत गरेको उल्लेख गर्नुभयो ।
पत्रकार महासंघको जिल्ला शाखाका संस्थापक अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले सहभागीहरूलाई तालिमको प्रमाण बाकसमा नथन्कियोस्, यो दुई दिनमा भोक जागेको छ अब भोक मार्न तथा पेट भर्नका लागि त आफैले मेहनत गर्नु पर्छ भन्नुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै उमेरले जागिर वा अन्य पेशामा भएको भए निवृत्त हुने बेला भयो तर पत्रकारितामात्र यौटा त्यस्तो पेशा हो जो शरीरले साथ दिदासम्म चलिरहन्छ भन्नुभयो ।
उहाँले वरिष्ठ पत्रकार भैरव रिसालको उदाहरण दिदै उहाँले हालै मात्र आफ्नो ९६ औं जन्मदिवस बनाउँदै शारीरिक अवस्थाका कारणले पत्रकारिता पेशाबाट विश्राम लिनुभएको छ त्यसैले यो पेशामा लाग्नका लागि उमेरले छेक्दैन । समान्यतः एसइई पास गरेदेखि स्वास्थ्यले साथ दिदासम्म यो कार्य गर्न सकिन्छ भन्नुभयो । उहाँले दाम कि नाम ? यौटा रोज्नु पर्ने र नाम चाहनेका लागि पत्रकारिता पेशाजस्तो सहज अर्को पेशा नभएको ठोकुवा गर्दै छोटै समयमा तपाई गाउँसमाज, जिल्लामा चिनिन सक्नु हुन्छ भन्नुभयो ।
सामुदायिक रेडियो मर्स्याङदीका निर्देशक मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले रेडियोले स्थापनाकालदेखिनै महिला सशक्तिकरणका कार्यमा विशेष ध्यानदिदै काम गरेको र यो तालिम पनि त्यसकै यौटा उदाहरण हो भन्नुभयो । सामुदायिक रेडियोले ९० प्रतिशत समाजमा जे जस्तो जनशक्ति छ, त्यसबाट काम या कार्यक्रम चलाउने हो जो सामुदायिक रेडियो मर्स्याङदीले गर्दै आएको छ भन्दै सहयोगी सबैलाई धन्यावाद ज्ञापन गर्नु भयो ।
उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्षद्वय कृष्ण केसी र किसान संगीतले समेत आफ्नो धारणा राख्दै सहभागीहरूको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा सहभागीद्वय मित्रदेवी राना र सुनिता परियारले तालिमका बारेको अनुभव सुनाउनु भएको थियो ।
उक्त रेयिडोका स्टेशन मैनेजर सन्देश पौडेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो मर्स्याङदीका समाचार प्रमुख बसन्ता भट्टले गर्नु भएको थियो । सो तालिममा २४ जना सहभागी रहेकामा एक जना पुरुष थिए ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..