मेलमिलापको नीतिका साथ बिपी, गणेशमानसिंह लगायतका नेता भारतबाट स्वदेश फर्किएको दिन : मेलमिलाप दिवस मनाइँदै

मेलमिलापको नीतिका साथ बिपी, गणेशमानसिंह लगायतका नेता भारतबाट स्वदेश फर्किएको दिन : मेलमिलाप दिवस मनाइँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १६ गते मङ्गलबार ०९:०४

विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको हो ।

विपी कोइराला आजसम्म बाँतेको भए देशको राजनीति र काँग्रेस पार्टी कस्तो हुन्थ्यो होला ? कल्पना मात्र गर्न सकिन्छ ।

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज पुस १६ गते मेलमिलाप दिवस मनाइँदैछ ।
नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । त्यसैको सम्झनामा आज काँग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए ।
त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४८ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्केका थिए ।
देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४८ वर्षअघि स्वदेश फर्केका थिए । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्केका थिए ।
सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको हो ।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए । त्यसो त विपीको बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो ।
कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवत्र्तकका रूपमा चिनिन्छन् । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।
यसैबीच, लमजुङमा भने यो दिनको विशेष कार्यक्रम(जिल्लास्तर)को नभएको बुझिएको छ । वडावडामा कार्यक्रम गर्नु भन्ने केन्द्रको निर्देशन अनुसार त्यस्तै कार्यक्रम हुन्छ होला काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार एक सय दिनको अभियान आज समापन गर्ने भन्ने थियो तर हाम्रो एक पालिका दूधपोखरीमा भेला गर्न बाँकी नै छ । अन्य जिल्लामा पनि यस्तै रहेछ । उहाँले भन्नुभयो, ‘त्यसैले एक महिनाको समय थप भएको छ ।’
त्यसो त विपी कोइराला आजसम्म बाँतेको भए देशको राजनीति र काँग्रेस पार्टी कस्तो हुन्थ्यो होला ? कल्पना मात्र गर्न सकिन्छ ।

प्रकाशित मिति २०८१ पुष १६, मंगलवार ०९:०४ गते
हजुरको प्रतिक्रिया