
लमजुङ– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ६ को सेरा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको १९ सदस्यीय टोल समिति गठन गरिएको छ । सो दलका जिल्ला उपसभापति प्रकाश थापाको उपस्थितिमा सो समिति पुस २६ गते गठन गरिएको हो ।
टोल सुधार समिति सभापति समेत रहनु भएका बाबुराम सुयलको अध्यक्षतामा सो भेला भएको हो । भेलामा रास्वपाका जिल्ला उपसभापति थापाले पार्टीको केन्द्र तथा जिल्ला गतिविधिका साथमा टोल समितिको काम, कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त भेलाद्वारा अध्यक्षता गर्नु भएका बाबुराम सुयललाई नै पार्टीको टोल समितिको सभापति चयन गरिएको छ । सो समितिको उपसभापतिमा सीता परियार(क) र सचिवमा सुमन खत्री चयन हुनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरूमा सर्वश्री हस्तबहादुर सुयल, माधव थापा, किरण सुयल, संशेरबहादुर सुयल, सीता परियार(ख), मधुराम परियार, डिल्लीराम परियार, रीता भुजेल, बुद्धिका भुजेल चयन हुनु भएको छ । अन्य सदस्यहरूमा देवी परियार, लक्ष्मी परियार, मदन परियार, बुद्धिका थापा, रेवती परियार, शर्मिला थापा र फूलमाया अधिकारी विष्ट चयन हुनुभएको नवनिर्वाचित टोलका सचिव सुमन खत्रीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ पुष २५, बिहीबार २१:०२ गते