भोलि क्यान्सर दिवस : किशोरीहरूलाई क्यान्सर(एच.पि.भी) विरुद्ध निःशुल्क खोप दिइदै

भोलि क्यान्सर दिवस : किशोरीहरूलाई क्यान्सर(एच.पि.भी) विरुद्ध निःशुल्क खोप दिइदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २१ गते सोमबार ०८:५३

नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाले पनि क्यान्सर दिवस मनाउने सन्दर्भमा बेसीशहर, सुन्दरबजार र दोर्दी गाउँपालिकामा संयुक्त रुपमा सचेतनाका कार्य गर्ने भएको छ ।

भोलि ४ फेब्रुअरी क्यान्सर दिवसको सन्दर्भमा यसै दिनदेखि क्यान्सर विरुद्धको खोप दिने कार्य गरिने भएको हो ।

बेसीशहर– लमजुङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर(एच.पि.भी) विरुद्ध निःशुल्क खोप दिने तयारी पुरा भएको छ । भोलि ४ फेब्रुअरी क्यान्सर दिवसको दिनदेखि सो खोप लगाउने कार्यको सञ्चालन गरिने भएको हो ।
क्यान्सर दिवस मनाउन नेपाल अर्बुद रोग निवारण संस्थाको लमजुङ शाखाका पदाधिकारीहरू खोप लगाउने उक्त कार्यक्रममा जिल्लाका तीन पालिका बेसीशहर, सुन्दरबजार र दोर्दी गाउँपालिकामा खटिने भएका छन् । सो अभियान अन्तरगत १० देखि १४ वर्ष उमेर समूहका किशारीहरूलाई माघ २२ गतेदेखि फागुनको ६ गतेसम्म खोप दिने कार्यक्रम छ ।
अर्बुद रोग निवारण संस्था लमजुङ शाखाले पनि क्यान्सर दिवस मनाउने सन्दर्भमा बेसीशहर, सुन्दरबजार र दोर्दी गाउँपालिकामा संयुक्त रुपमा सचेतनाका कार्य गर्ने भएको छ । सो प्रयोजनका लागि शाखाका अध्यक्ष नवराज पहाडी, कोषाध्यक्ष तैमाया गुरुङ र कार्यकारी सदस्य मीन लामा दोर्दी गाउँपालिकामा जाने हुनु भएको छ । दोर्दी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा गरिने उक्त कार्यक्रम वडानं– ८ को फलेनी मावि हिलेबजारमा गरिने तय भएको सो शाखाका प्रमुख आइतमान गुरुङले बताउनु भएको छ ।
त्यस्तै, उपाध्यक्ष नवराज बरालको नेतृत्वमा बेसीशहर नगरपालिका– २ को भकुण्डे स्थित बालकल्याण माविमा प्रदेश जनस्वास्थ्य कार्यालयले गर्ने कार्यक्रममा सहभागी हुने तयारी छ । सो विद्यालयमा नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्यहरू राजकुमार भण्डारी, होमबहादुर राउत, भरतबाबु घिमिरे, राम थापा, शिवकुमारी अधिकारी लगायतका सदस्यहरू सहभागी हुने तय भएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ७ को सयपत्री आमाविमा हुने सोही कार्यक्रममा संस्थाका जिल्ला सल्लाहकारहरू हेमन्त श्रेष्ठ, बाबुराम अधिकारी र ज्ञानेन्द्र शर्मा, उपाध्यक्ष शोभा ठकुरी, सचिव विराट न्यौपाने, सहसचिव श्रीभक्त न्यौपाने सहभागी हुनु हुनेछ ।
एच.पि.भी. खोप अभियानको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू हुन ।
यो कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र स्थानीय तहसँग समन्वय गरेर गर्ने ।
खोप अभियानमा जिल्लाका ६ हजार ५ सय ४४ जना किशोरीहरूलाई खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यलयले जनाएको छ । सो कार्यका लागि जिल्ला भित्रका १ सय ३४ खोप कार्यकर्ता, २ सय ६८ स्वयम्सेवक, १ सय ३४ विद्यालय र ८० वटा स्वास्थ्य संस्थामा गरी जम्मा २ सय १४ खोप केन्द्र तोकिएको छ ।
नेपालमा नौ वर्ष अगाडि (आ.व.२०७२÷७३) चितवन र कास्की जिल्लामा एच.पि.भी. खोप सेवा सञ्चालन गरिएको थियो । यो एच.पि.भी. खोप ६ महिनाको फरकमा दुई मात्रा दिइने भएको छ ।
दोर्दी गाउँपालिकामा ५०९ जना विद्यालय गएका र विद्यालय नगएका किशोरीहरू १० जना रहेका छन् । बेसीशहर नगरपालिकामा एक हजार ७९१ जना विद्यालय गएका र विद्यालय नगएका किशोरीहरू १३ जना किशोरी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार सुन्दरबजार नगरपालिकामा एक हजार १६७ जना विद्यालय गएका र विद्यालय नगएका किशोरीहरू ३३ जना रहेका छन् ।
गत वर्ष सातै प्रदेशका १÷१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६– ६ महिनाको फरकमा दुई मात्रा एच.पि.भी. (सिकोलिन) खोप दिइएको राष्ट्रिय खोप केन्द्रले जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ २१, सोमबार २०:५३ गते
हजुरको प्रतिक्रिया