प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी सुरु

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ २६ गते शनिवार ०९:२३

उक्त महोत्सवमा एक करोड ४२ लाख ५० हजार आम्दानी गरी ४० बराबरको जग्गा खरिद गर्ने तयारी छ ।  

सो अवसरमा पत्रकारले राखेका जिज्ञासाका बारेमा आयोजक संस्थाका अध्यक्ष योगबहादुर गुरुङले कुटनीतिक भाषामा जवाफ दिनु भएको थियो ।

बेसीशहर– लमजुङमा ‘प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी सुरु गरिएको छ । सो अवसरमा बेसीशहर नगरपालिका– ७ को सहजी खेलमैदानमा फागुन ६ गतेदेखि १८ गतेसम्म सो महोत्सव गरिने आयोजक जिल्ला खेलकुद विकास समिति, लमजुङले माघ २६ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सो महोत्सवको ‘खेल र संस्कृतिको संरक्षण–आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन’ नारा रहेको छ भने उद्देश्य सहजी खेलमैदानको लागि थप जग्गा खरिद गरिने रहेको छ । साथमा भलिबल, कराँते, छेलोलगायत विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रसार गर्ने । खेल र संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, खेल संस्कृतिको विकास गरी युवालाई खेलप्रति आकर्षित गराउने र अनुशासित बनाउने उद्देश्य समेटिएको छ । त्यसैगरी, अन्य उद्देश्यमा खेलकुदलाई प्रवद्र्धन गरी युवाको शारीरिक र बौद्धिक विकास गर्ने, बढ्दो युवा पलायनलाई रोकेर युवालाई खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गराउने रहेको आयोजकको भनाइ छ ।

ेत्सवको माध्ययबाट पर्यटन प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने, उद्योग, व्यापार, हस्तकलालगायतको प्रवद्र्धन गर्ने, सरकारी तथा गैरसरकारी संस्थाले गर्दै आएको कामकारबाहीको प्रवद्र्धन गर्ने, खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने रहेको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्षले जिल्ला खेलकुद विकास समितिले यसअघि २०७३ सालमा धार्मिक महोत्सवको आयोजना गरिएको स्मरण गर्र्दै महोत्सवबाट उठेको रकमबाट खेलमैदान केही फराकिलो बनाइए पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सहजी खेलमैदानको लागि जग्गा खरिद गर्ने मुख्य उद्देश्य राखेका छौं भन्नुभयो । उहाँका अनुसार महोत्सवमा २ सय स्टल निर्माण गरिने आयोजकको भनाइ छ ।

महोत्सवका आकर्षणहरू :

महोत्सवका आकर्षणहरूमा जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, जिल्लास्थित विद्यालयस्तरीय कराँते प्रतियोगिता, परम्पारगत छेलो प्रतियोगिता, युवालक्षित स्नुकर खेल प्रतियोगिता, आमा समूहको सामूहिक नृत्य प्रतियोगिता, औद्योगिक तथा व्यापारिक प्रदर्शन गरिने उल्लेख छ । यसैगरी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शन, उद्योग तथा व्यवसायिक प्रतिष्ठानको प्रदर्शन, कृषि, पशु तथा जडीबुटी प्रदर्शनी, विभिन्न सांस्कृतिक झाँकी तथा ¥याली प्रदर्शन, परम्परागत स्थानीय खाना महोत्सव, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुतिका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, पर्यटक टुर प्याकेज ुसमेत राखिएको आयोजकको भनाइ छ ।

महोत्सवमा सञ्चालन गरिने जिल्लास्तरीय प्रतियोगिता र पुरस्कारहरू :

सो महोत्ससवका अवसरमा विभिन्न पाँच प्रतियोगिता सञ्चालन गरिने भएको जानकारी दिइएको छ । सबैभन्दा आकर्षक भलिबल प्रतियोगिता रहेको छ । त्यसमा पुरुषतर्फ पहिलो पुरस्कार ५० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कारः नगद २५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र, भलिबलकै महिलातर्फ पहिलो पुरस्कार३० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र तथा दोस्रो पुरस्कार २० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र हुने भनिएको छ ।

विद्यालयस्तरीय कराँते प्रतियोगितामा पहिलो पुरस्कार ३० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार २०÷२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार १० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।

छेलो प्रतियोगितामा पहिलो पुरस्कार १५ हजार रुपैया, मेडल र प्रमाणपत्र र दोस्रो पुरस्कार १० हजार रुपैया, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी, उक्त अवसरमा गरिने अन्तर आमा समूह सामुहिक नृत्य प्रतियोगितामा पहिलो पुरस्कारः ३० हजार रुपैया, प्रमाणपत्र, दोस्रो पुरस्कार २० हजार रुपैया र प्रमाणपत्र, तेस्रो पुरस्कार १० हजार रुपैया र प्रमाणपत्र त्यस्तै, सान्त्वना पुरस्कार पाँच पाँच हजार रुपैया र प्रमाणपत्र रहेको आयोजकको भनाइ छ ।

यसैगरी, स्नुकर प्रतियोगितातर्फ पहिलो पुरस्कार ३० हजार रुपैया, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार २०  हजार रुपैया, मेडल र प्रमाणपत्र, बेष्ट ब्रेकर १० हजार रुपैया, मेडल र प्रमाणपत्र प्रदान गर्ने तयारी रहेको जिल्ला खेलकुद विकास समिति, लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त महोत्सवमा एक करोड ४२ लाख ५० हजार आम्दानी गरी ४० बराबरको जग्गा खरिद गर्ने तयारी छ ।
सो अवसरमा पत्रकारले राखेका जिज्ञासाका बारेमा आयोजक संस्थाका अध्यक्ष योगबहादुर गुरुङले कुटनीतिक भाषामा जवाफ दिनु भएको थियो ।

प्रकाशित मिति २०८१ माघ २६, शनिबार २१:२३ गते
हजुरको प्रतिक्रिया