
पाउँदी(लमजुङ)– काठमाडौंबाट बेसीशहर आउँदै गरेको माइक्रो दुर्घटना हुँदा एक जनाको निधन भएको छ । लमजुङ र तनहुँको सीमा क्षेत्र नेपालडाँडाको घुम्तिको सो दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।
काठमाडौंबाट बेसीशहर आउँदै गरेको बा २ ख ४०२२ नंबरको माइक्रो र विपरित दिशाबाट जादै गरेको ४०५८ नंबरको वाइग आपसमा जुद्धा सो दुर्घटना भएको हो । घाइते ९ जना भएको बाइसजघार प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार आफूहरू घटनास्थलमा पुग्दा घाइतेहरुलाई स्थानीयले उद्दार गरी उपचारका लागि पठाइसकेका थिए ।
घाइतेमध्ये एक जनाको भोटेओडार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नमूना अस्पताल सुन्दरबजारमा रिफर गरिएकोमा उनको बाटोमै निधन भएको । निधन हुने व्यक्तिको शव नमूना अस्पतालमा पुगेको भए पनि सनाखत हुन बाँकी रहेको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार रिफर भएर हामी कहाँ आएको एकजना बिरामी मात्र हो । माइक्रोमा १८ जना यात्रु रहेको बुझिएको छ । माइक्रोको ब्रेक फेल भई सो दुर्घटना भएको बताइएको छ ।
यसबारेमा बुझ्नका लागि २२ जघार प्रहरी चौकीमा सम्पर्क गर्दा त्यहाँका प्रमुस सई दराईले भानु इप्राकामा बुझन् भने, भानुले जिल्लामा प्रवक्तालाई सम्पर्क गर्नु भन्ने आदेश दिए ।
यता जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा घटना स्थल हाम्रो क्षेत्र होइन, तर पनि हामी बुझ्दै छौं भन्ने जवाफ प्रहरी प्रवक्ताबाट मिल्यो ।
स्कुटीमा सवार हुने बेसीशहर नगरपालिका– ८ को प्रशासन चोकमा फोटोग्राफी सञ्चालन गर्ने सुरेश श्रेष्ठ दम्पत्ती भएको बुझिएको छ । श्रेष्ठका श्रीमान घाइते तथा श्रीमतीको निधन भएको खबर छ । तर यसको प्रहरीले पुष्टि गर्न बाँकी छ ।
फोटो सौजन्य : लक्ष्मीप्रसाद मिश्र ।
प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार १३:४९ गते