काठमाडौंबाट बेसीशहर आउँदै गरेको माइक्रो र स्कूटी दुर्घटना : थप एकको निधन

काठमाडौंबाट बेसीशहर आउँदै गरेको माइक्रो र स्कूटी दुर्घटना : थप एकको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ७ गते आईतबार ०२:१७

स्कूटीमा सवार हुने बेसीशहर नगरपालिका– ८ को प्रशासन चोकमा फोटोग्राफी सञ्चालन गर्ने सुरेश श्रेष्ठ दम्पत्ती भएको र श्रीमती अनिता थापा श्रेष्ठको घट्नास्थलमै निधन भएको हुँदा उनको शव तनहुँ सदरमुकाम दमौली पठाइएको बुझिएको छ ।

माइक्रोका यात्रु नासोङ गाउँपालिका– ८ ताचै घर भएका मन घले भएको उनको मोवाइलका आधारमा प्रहरीले जनाएको छ । तर उनका आफन्त आएपछिमात्र सनाखतको पुष्टि हुने प्रहरी भनाइ छ ।

पाउँदी(लमजुङ)– काठमाडौंबाट बेसीशहर आउँदै गरेको माइक्रो बस र स्कूटी आपसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ । लमजुङ र तनहुँको सीमा क्षेत्र भानु् नगरपालिका– १० को नेपालडाँडा स्थित घुम्तिमा सो दुर्घटना बैशाख ७ गते भएको प्रहरीले पुष्टि गरेको छ ।
काठमाडौंबाट बेसीशहर आउँदै गरेको बा २ ख ४०२२ नंबरको माइक्रो र विपरित दिशाबाट जादै गरेको ४०५८ नंबरको स्कूटी आपसमा जुद्धा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये स्कूटीमा सवार भएकी अनिता थापा श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले बताउनु भएको छ । उहाँका अनुसार घाइतेको संख्या ८– ९ जना भन्ने बुझिएको छ । प्रहरीका अनुसार आफूहरू घटनास्थलमा पुग्दा घाइतेहरूलाई स्थानीयले उद्दार गरी उपचारका लागि पठाइसकेका थिए ।
स्कूटीमा सवार भएकी महिलाको घट्नास्थलमै निधन भएको हुँदा दमौली लगिएको बुझिएको छ भने अर्का घाइतेमध्ये एक जनाको भोटेओडार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नमूना अस्पताल सुन्दरबजारमा रिफर गरिएकोमा उनको बाटोमै निधन भएको । निधन हुने व्यक्तिको शव नमूना अस्पतालमा रहेको छ । उनी मनाङका शिक्षक भएको बुझिएको छ । नासोङ गाउँपालिका– ८ ताचै घर भएका मन घले भएको उनको मोवाइलका आधारमा प्रहरीले जनाएको छ । तर उनका आफन्त आएपछिमात्र सनाखतको पुष्टि हुने प्रहरी भनाइ छ ।
नमूना अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार रिफर भएर हामी कहाँ आएको एकजना बिरामी मात्र हो ।
माइक्रोमा १८ जना यात्रु रहेको बुझिएको छ । माइक्रोको ब्रेक फेल भई सो दुर्घटना भएको बताइएको छ ।
यसबारेमा बुझ्नका लागि २२ जघार प्रहरी चौकीमा सम्पर्क गर्दा त्यहाँका प्रमुख सई दराईले भानु इप्राकामा बुझनु पर्ने बताए । भानुले जिल्ला प्रहरी कार्यालयका प्रवक्तालाई सम्पर्क गर्नु भन्ने आदेश दिए ।
यता जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा घटना स्थल हाम्रो क्षेत्र होइन, तर पनि हामी बुझ्दै छौं भन्ने जवाफ प्रहरी प्रवक्ताबाट मिलेको थियो ।
स्कूटीमा सवार हुने बेसीशहर नगरपालिका– ८ को प्रशासन चोकमा फोटोग्राफी सञ्चालन गर्ने सुरेश श्रेष्ठ दम्पत्ती भएको बुझिएको छ । श्रेष्ठका श्रीमान घाइते तथा श्रीमती थापाको निधन भएको खबर छ ।

फोटो सौजन्य : लक्ष्मीप्रसाद मिश्र ।

प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार १४:१७ गते
हजुरको प्रतिक्रिया