सवारी दुर्घटना अपडेट : प्रहरीद्वारा घाइते र मृतकको नाम सार्वजनिक

सवारी दुर्घटना अपडेट : प्रहरीद्वारा घाइते र मृतकको नाम सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ७ गते आईतबार ०९:५०

३५ बर्षीया अनिता थापा श्रेष्ठको घट्नास्थलमै निधन भएको र उनको शव दमौली लगिएको प्रहरीले जनाएको छ । अर्का मृतक मनाङको नासोङ गाउँपालिका– ८ बस्ने बर्ष करिब ४० को मन घले स्गानीय जनविकास आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । उनी शिक्षक महासंघको आन्दोलनमा काठमाडौंमा सहभागी भई घरमा फर्किएको बुझिएको छ ।

सो दुर्घटनामा दुईको निधन, एकको अवस्था गम्भीर, अन्य आठ जना घाइते भएको प्रहरी भनाइ छ ।

पाउँदी(लमजुङ)– काठमाडौंबाट लमजुङको सदरमुकाम बेसीशहर आउँदै गरेको माइक्रो बस र स्कूटी आपसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । एक जना गम्भिर घाइते भएका छन् आठ जना घाइते भएको र सबैलाई थप उपचारका लागि चितवनमा रिफर गरिएको बैशाख ७ गते प्रहरीले पुष्टि गरेको छ ।
सो दुर्घटनामा निधन हुनेमा एक जना बेसीशहर नगरपालिका– ८ को ठाडोलाइनकी अनिता थापा श्रेष्ठ हुन् भने अर्का मनाङको एक आधारभूत विद्यालयका प्रधानाध्यापक भएको खुलेको छ । मृतक घले शिक्षक महासंघले आह्वान गरेको शिक्षक आन्दोलनमा भाग लिएर गाउँमा फर्किदै गरेका थिए । त्यसैले उनलाई महासंघले शहीद घोषणा गर्नु पर्ने उनका आफन्तले बताएका छन् ।
लमजुङ र तनहुँको सीमा क्षेत्र भानु् नगरपालिका– १० को डुम्रे– बेसीशहर सडक खण्डको नेपालडाँडा स्थित घुम्तिमा सो दुर्घटना भएको प्रहरीको भनाई छ । ग२६प ४०५८ नंबरको स्कूटी र काठमाडौंबाट बेसीशहर आउँदै गरेको बा २ ख ४०२२ नंबरको माइक्रो बस जुद्धा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफूहरू घटनास्थलमा पुग्दा घाइतेहरूलाई स्थानीयले उद्दार गरी उपचारका लागि पठाइसकेका थिए । त्यसैले घाइतेको संख्या एकिन हुन सकेन ।
स्कूटीमा सवार भएका बेसीशहर नगरपालिका– ८ को प्रशासन चोकमा आस्था डिजिटल फोटो सेन्टर सञ्चालन गर्दै आएका दम्पत्ती ४१ वर्षीय दिपेन्द्र(सुरेश)कुमार श्रेष्ठ र उनकी श्रीमती ३५ बर्षीया अनिता थापा श्रेष्ठ रहेको खुल्न आएको छ । अनिताको घट्नास्थलमै निधन भएको र सो क्षेत्र तनहुँ पर्ने हुँदा उनको शव दमौली लगिएको प्रहरी भनाइ छ । श्रेष्ठ दम्पतीका एकमात्र छोरा १७ वर्षका छन् । उनी कक्षा– ११ मा पढ्दै छन ।
प्रहरीले दिएको जानकारी अनुसार तनहुँ भानु नगरपालिका– १० नेपालडाँडा स्थित डुम्रे– बेसीशहर सडकखण्डमा डुम्रेबाट लमजुङतर्फ जादै गरेको बा२ख ४०२२ नं. को माईक्रो र विपरित दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नं.को स्कुटर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । माईक्रोमा र स्कुटरमा सवार मानिसहरू घाईते भई उपचारको लागि यस जिल्ला अन्तरगत अस्पताल आएका घाईतेहरू, सामान्य उपचार पश्चात् अधिकांश चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लमजुङको भोटेवडार अस्पताल प्रा.लि. सिउडीबारबाट चितवन रिफर भएकाहरूको विवरण,
१. स्कुटर चालक लमजुङको बेसीशहर गाउँपालिका– ८ बस्ने वर्ष ४१ को दिपेन्द्र (सुरेश) श्रेष्ठ टाउको, घाँटी, छातीमा र अनुहारमा चोट अवस्था गम्भिर रहेको छ ।
२. बेसीशहर नगरपालिकाकै वडा नं. नखुलेको लक्ष्मी गुरुङकी छोरी वर्ष १४ कि. पुजा गुरुङ घाँटी र छातीमा चोट अवस्था मध्यम,
३. लमजुङको दुधपोखरी गाउँपालिका– ५ बस्ने वर्ष २४ की युनिशा गुरुङ टाउको घाँटी र दुबै हातमा चोट अवस्था मध्यम,
४. लमजुङकै बेसीशहर नगरपालिका– ५ बस्ने वर्ष ६७ की राज कुमारी गुरुङ दाया खुट्टामा चोट,
जि.ओखलढुंगा भलुङ गाउँपालिका– ३ बस्ने वर्ष ५५ को प्रेम ब. सुनार बाया खुट्टा फ्याक्चर र छातीमा चोट अवस्था मध्यम,
५. गोरखा बारपाक सुलिकोट गाउँपालिका– ८ बस्ने बर्ष अ. ५१ को धन ब. गुरुङ बाया खुट्टामा चोट
६. लमजुङको बेसीशहर नगरपालिका– ३ बस्ने वर्ष ५४ को लिलाप्रसाद. बसौला दायाँ खुट्टा र मुखमा चोट अवस्था मध्यम,
७. जि. ओखलढुङ्गा चिसाखुगढी गाउँपालिका– १ बस्ने वर्ष ३५ को अधिश राई बाया खुट्टामा चोट,
८. जिल्ला सोलुखुम्बु माफ्या गाउँपालिका– १ बस्ने बर्ष ३२ को कुमार राई बायाँ खुट्टामा चोट अबस्था मध्यम रहेको छ ।

प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार २१:५० गते
हजुरको प्रतिक्रिया