जंगलमा लागेको डडेलोबाट आगलागी हुँदा घर गोठमा क्षति

जंगलमा लागेको डडेलोबाट आगलागी हुँदा घर गोठमा क्षति

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १५ गते सोमबार ०८:३८

दिउँसो ३ः२० मा सुरु भएको थियो भने स्थानीयको सहयोगमा साँझ छ बजे बजे स्थानीय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

सो घरमा मानिस नबस्ने हुँदा के कति सामान रहेको भन्ने तत्काल नखुलेको प्रहरी भनाइ छ ।

मालिङ(लमजुङ)– लमजुङको क्व्होलासोथर गाउँपालिका– २ को जंगलमा लागेको डडेलोबाट आगलागी हुँदा घर गोठमा क्षति भएको छ । सोही वडा निवासी ४५ वर्षीय सनबहादुर बि.क.को घर गोठमा बैशाख १४ गते आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो घरमा मानिस बसोवास नगर्ने (खाली घर) रहेको, ढुंगा माटोले बनेको, जस्ताको छाना भएको २ तले कच्ची घर, जस्ताको छाना भएको भान्छा कोठा र खरको छाना भएको गोठमा घर मुनी रहेको सरनीको जंगलमा लागेको आगोबाट निजको घरमा सल्कन जाँदा घर, गोठ भान्छाकोठा पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताउनु भयो ।
उहाँका अनुसार सो आगलागी दिउँसो ३ः२० मा सुरु भएको थियो भने स्थानीयको सहयोगमा साँझ छ बजे बजे स्थानीय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उहाँले भन्नुभयो, ‘सो घरमा के कति सामान रहेको भन्ने तत्काल नखुलेको, उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी टोली गएर बुझ्ने काम भइरहेको छ । नजिक अन्य घरहरू नरहेको हुँदा अन्य नोक्सान भएको छैन ।’

प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार ०८:३८ गते
हजुरको प्रतिक्रिया