बेसीशहरबाट अन्तराष्ट्रियस्तरको याक अट्याक साइकल दौड प्रतियोयिगता सुरु

बेसीशहरबाट अन्तराष्ट्रियस्तरको याक अट्याक साइकल दौड प्रतियोयिगता सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ११ गते आईतबार ०७:२७

प्रतियोगीमध्ये हरेक दिनको पहिलो, दोस्रो, तेस्रोको समय तालिका टिपेर अन्तिम दिनमा कम्पाइल गरी पहिलो, दोस्रो र तेस्रोको छनौट गरिने नीति रहेको आयोजकको भनाइ छ ।

प्रतियोगीहरूले बेसीशहरदेखि पोखरासम्मको करिब २२५ देखि २३० किमि दुरी पुरा गर्ने आयोजकको भनाइ छ ।

लमजुङ– यस जिल्लाको सदरमुकाम बेसीशहरबाट अन्तराष्ट्रियस्तरको याक अट्याक साइकल दौड प्रतियोयिगता सुरु भएको छ । सो प्रतियोगिताको आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अध्यक्ष तारालाल श्रेष्ठले एक अनौपचारिक कार्यक्रमका बीच बेसीशहर नगरपालिका– ७ को बुद्धचोकमा जेठ ११ गते विहान उदघाटन गर्नु भएको हो ।
सोही स्थलबाट सुरु गरिएको प्रतियोगितामा विभिन्न सात राष्ट्रका तीन जना महिला सहित २१ जनाले भाग लिएको आयोजक संस्था साइकल कल्चर कम्युनिटी काठमाडौंका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक अजय पण्डितले बताउनु भयो । उहाँका अनुसार दौडका सहभागीहरू अमेरिका, अस्ट्रेलिया, ब्रिटिश, इटाली, जर्मनी, बेल्जियमका साथै भारतीय सेना र नेपालका हुन् ।
प्रतियोगीहरू नेपालीहरू १३ जना छन्, अन्य विदेशी हुन् । महिला सहभागीमध्ये एकजना अमेरिकन र दुईजना नेपाली रहेको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सो टोली आज लमजुङको घलेगाउँको फेदी पुमा गाउँसम्म पुगेर बेसीशहर नगरपालिका– ६ को चण्डीस्थान हुँदै साँझ बेसीशहर आइपुगेका छ ।’ सो टोली भोलि १२ गते साँझ बास बस्न मनाङको सदरमुकाम चामे पुग्ने छ उहाँले जानकारी दिनुभयो ।
प्रतियोगीहरूले बेसीशहरदेखि पोखरासम्मको करिब २२५ देखि २३० किमि दुरी पुरा गर्ने उहाँको भनाइ छ ।
आजको आठौं दिनको दिन पोखरामा पुगेर यो दौडको समापन हुने आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अध्यक्ष तारालाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिता महिला र पुरुषका लागि छुट्टा छुट्टै गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्रको प्रवन्ध छ ।’ पुरस्कार रकम महिला र पुरुष दुवैलाई बराबर रहेको छ उहाँले उल्लेख गर्नुभयो ।
सो प्रतियोगितामा सबैभन्दा कम १९ वर्षदेखि अधिक उमेर ६१ वर्षका रहेको आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका सदस्य तथा दौडकी सहभागी उषा खनालले बताउनु भयो । उहाँका अनुसार उनीहरूको नाम निषा शेर्पा र आङ जाङवु हुन् । उहाँले भन्नुभयो, ‘सो प्रतियोगिताका लागि व्रिटिशको मल्टिटेरेन वाइकिङले सहयोग गरेको छ ।’ सो प्रतियोगितामा सोही सहयोगी संस्थाले दर्ता शुल्क वापत विदेशीसँग प्रतिव्यक्ति दुई हजार डलर लिएको छ । नेपालीसँग आयोजक संस्थाले ४० हजार रुपैयाँ लिएको छ भने पाँच जना साइकलका राष्ट्रिय खेलाडीलाई निःशुल्क सहभागी गराइएको खनालले जानकारी दिनुभयो ।
प्रतियोगीमध्ये हरेक दिनको पहिलो, दोस्रो, तेस्रोको समय तालिका टिपेर अन्तिम दिनमा कम्पाइल गरी पहिलो, दोस्रो र तेस्रोको छनौट गरिने नीति रहेको आयोजकको भनाइ छ ।
विगतका वर्षमा नोभेम्बरमा गर्ने यो दौड प्रतियोगिता यो वर्ष त्यो पर्यटकीय गन्तव्यको महिना भएको र सबै व्यस्त रहने हुँदा यो मे महिनाका लागि सारिएको आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका सचिव ज्ञानेन्द्र स्थापितले बताउनु भयो । उहाँका अनुसार आउँदो वर्षबाट पनि मे महिनानै उपयुक्त हो भन्ने लागेको हुँदा प्रतियोगिता यही समयमा हुन्छ होला ।

प्रकाशित मिति २०८२ जेष्ठ ११, आईतवार १९:२७ गते
हजुरको प्रतिक्रिया