बेसीशहरतर्फ आउँदै गरेको ट्रक ना ५ ख ८१६० र खत्रीठाँटीबाट काठमाडौं जादै गरेको माइक्रो बस वा २ ख ९८३५ नंबरको आपसमा ठक्कर खाई सो दुर्घटना भएको हो ।
सडक छेउमा लगाइएको पर्खालले माइक्रोबसलाई अड्याएको कारण खोलामा खस्न र ठूलो दुर्धटना हुनबाट बचेको फोटोमा समेत देख्न सकिन्छ ।
पाउँदी(लमजुङ)– लमजुङको प्रवेश नाका पाउँदीमा एका बिहानै सडक दुर्घटना भएको छ । असार ४ गते बिहान भएको सो घट्नामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
लमजुङको सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ट्रक ना ५ ख ८१६० र खत्रीठाँटीबाट काठमाडौं जादै गरेको वा २ ख ९८३५ नंबरको माइक्रो बस आपसमा ठक्कर खाई सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । सडक छेउमा लगाइएको पर्खालले माइक्रोबसलाई अड्याएको कारण खोलामा खस्न र ठूलो दुर्धटना हुनबाट बचेको फोटोमा समेत देख्न सकिन्छ । प्रस्तुत छ सो घट्नाको फोटो फिचर : – लक्ष्मीप्रसाद मिश्रको सहयोगमा ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..