
काठमाडौं– कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत जारी खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक पुरा गर्दै नेपालको प्रभावसालि जित यात्रा जारी राख्न सफल भएकी हुन् ।
लगातार दोस्रो खेलमा साम्बाको ह्याट्रिकसहित श्रीलंका विरुद्धको खेलमा नेपालले ८–० को फराकिलो जित हासिल गरेको हो । उक्त फराकिलो अग्रता बनाउन कप्तान साम्बाले ह्याट्रिक पुरा गरेकी हुन् । नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १– १ गोल गरेका थिए । नेपालले दुवै हाफमा ४–४ गोल ग¥यो ।
कप्तान साम्बाको ह्याट्रिक तथा रश्मिकुमारी घिसिङले पहिलो हाफमा अर्को एक गोल गर्दा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो । नेपालले खेलको २० औं मिनेटमा अग्रता दोब्बर बनायो । दोस्रो गोल साम्बाले गरिन् ।
४२ औं मिनेमा ब्यक्तिगत दोस्रो गोल गरेकी साम्बाले पहिलो हाफको इन्जुरी समय सविता राना मगरको क्रसमा गोल गर्दै साम्बाले ह्याट्रिक पुरा गरेकी हुन् ।
दोस्रो हाफमा पनि नेपालले रवाफिलो अग्रता कायम राख्यो । नेपालका लागि गिता रानाले पेनाल्टीमार्फत गोल गर्दै ५४ औं मिनेटमा टिमको अग्रता ५– ० मा पुर्याउन सफल भइन् । लगतै अर्थात ८ मिनेटपछिनै निशा थोकरले हेडरमार्फत गोल गर्दै टिमलाई गोल संख्या आधा दर्जन पुर्याउन सफल भइन् ।
त्यसपछि पनि नेपालले गोल निरन्तर गर्यो । सब्सटिच्युट रेखा पौडेलले हेडमार्फत टिमको अग्रता ७–० मा पुर्याउन सफल हुँदा । आठौं गोल पुजा रानाको नाममा रह्यो । उनले राष्ट्रिय टोलीबाट करियरको पहिलो गोल गरिन् ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ । अब नेपालले छनोट चरणको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्ने छ । यो खेलनै नेपालका लागि निर्णायक हुनेछ ।
लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

प्रकाशित मिति २०८२ असार १८, बुधबार २१:२० गते