एघार स्रष्टालाई सम्मानका साथ कबा साहित्यिक साप्ताहिकको १३औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

एघार स्रष्टालाई सम्मानका साथ कबा साहित्यिक साप्ताहिकको १३औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ८ गते बिहिबार ०९:४०

सो अवसरमा०७९ साउनमा स्थापना भई निबन्ध आचार्यको सम्पादनमा निरन्तर ५७५ अंक प्रकाशन भएको साथै त्याग र निरन्तरताको सिद्धान्तमा पत्रिका प्रकाशन अगाडि बढेको जानकारी दिइएको थियो ।

लमजुङका रामकुमार श्रेष्ठ फुच्चे गङ्गा लिगल कबा रचना पुरस्कारबाट सम्मानित

काठमाडौं– कपन बानेस्वर साहित्यिक साप्ताहिकले १३औँ वार्षिकोत्सवका अवसरमा एघार जना स्रष्टाहरूलाई सम्मान सहितका विविध कार्यक्रम गरी मनाएको छ । श्रष्टा सम्मान, पुरस्कार अर्पण तथा विवध कार्यक्रम सहित बिगतका वर्ष झैं यो वर्ष १३औँ वार्षिकोत्सव समारोह साउन ५ गते सम्पन्न भएको हो ।
उक्त अवसरमा स्तम्भ कवि त्रिलोचन आचार्यबाट स्वागत तथा उपचार कोषका गतिविधि प्रति जानकारी गराउनुभयो ।
कार्यक्रममा एघार जना स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा कबा विशिष्ट सम्मानबाट साहित्यकारहरू मदनराज थापा, चन्द्रा न्यौपाने र मुरलीप्रसाद ढकाल, कबा सम्मानबाट शम्भु चालिसे र रन्जु खनाल, महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कारबाट उद्धव अविचल, नालाङ् कबा रचना पुरस्कारबाट राजेशमान केसी, पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कारबाट प्रीति कौर, गङ्गा लिगल कबा रचना पुरस्कार रामकुमार श्रेष्ठ फुच्चे(लमजुङ), हेमगङ्गा कबा रचना पुरस्कारबाट पूजा शाही, भमरकोटे कबा सुसेली पुरस्कारबाट सुरेशचन्द्र घिमिरे सम्मानित हुनु भएको थियो ।
प्रमुख अतिथिका रुपमा आमन्त्रितहरू प्राडा हेमनाथ पौडेल, शुकदेव उपाध्याय, प्राडा गोविन्दमानसिंह कार्की, प्रल्हाद पोखरेल, वेदमणि घिमिरे, मोहन चापागाईं, कृष्ण सुवेदी, विक्रम श्रेष्ठ सागर, ओमप्रसाद कोइरालाले प्रमाणपत्र तथा दुर्गा अधिकारी भमरकोटे, गङ्गा पौडेल, महेन्द्र चालिसे, गङ्गा लिगल र सन्चिता खरेलले नगद रकम सबैजनालाई सम्मानित तथा पुरस्कृतहरूलाई अर्पण गर्नुभएको थियो ।
त्यस्तै, ध्रुवराज थापा पुरुष, वासुदेव पौडेल, चेवन बस्नेत, मदन नेपाल, बद्रीनाथ पौडेल, विमल अर्याल, भगवान कोइराला, पुष्कर जङ्गम, म्हेन्डुप लामा, सन्तोषकुमार पोखरेल, आलोक चालिसे, रामकुमार पण्डित, कृष्ण आचार्य, अमर अधिकारी, रजनी बस्नेत, करुणा पोखरेल, यदुनाथ वसन्तपुरे, कृष्ण सुवेदी निराकार, रमेशप्रसाद खनाल, गीता बराल, बुद्धिप्रसाद तिमल्सिना, जमुना पोखरेलले खादा तथा केशव सान्दाइ, सुशील आचार्य, भलाद्मी भोला,अरुणा ढकाल, किशोर श्रेष्ठ, विजयध्वज थापा, श्रीप्रसाद पौडेल, प्रकाश बस्नेत गफाडी, नारायणप्रसाद जोशी, कृष्णप्रसाद पौडेल जस्ताघरे, जयराम बिडारीले प्रमाणपत्र तथा अविर खादा ढाका सास लगाई दिनुभएको थियो ।
कार्यक्रमका सभापति शङ्कर भारती, पत्रिकाका सम्पादक प्रकाशक निबन्ध आचार्य र कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले कबा र कबा साहित्यकार उपचार कोषको बारेमा प्रकाश पार्नुभएको थियो । कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कपनबानेश्वर साहित्यिक साप्ताहिक वार्षिकोत्सवका अवसरमा ०७९ साउनमा स्थापना भई निबन्ध आचार्यको सम्पादनमा निरन्तर ५७५ अंक प्रकाशन भएको साथै त्याग र निरन्तरताको सिद्धान्तमा पत्रिका प्रकाशन अगाडि बढेको जानकारी दिनुभयो । निर्धारित समयमा कार्यक्रम सुरुसँगै आसन ग्रहणमा समय बचत गर्दै संरक्षक सदस्य गंगा लिगल बाट सम्मान कार्यक्रममा सबैको सहभागितामा सम्मान अविर खादा ढाका साहस प्रमाणपत्र नगद
सम्मानित श्रष्टाहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।
कपन बानेश्वर अटिजम चलचित्र तयार कलाकारहरू सम्मान स्वरुप अगाडि निम्त्याउदै अटिजम चलचित्र कपन बानेश्वर यु ट्युव च्यानलमा उदघाटन भएको र आजैबाट हेर्न सकिने जानकारी गराउनु भयो । बधाई तथा शुभकामना दुर्गा अधिकारी भमरकोटेद्वारा रचनाका माध्यमबाट सम्मानित श्रष्टाहरूको नाम सहित सुसेली बाचन गर्दै धन्यवाद ज्ञापन सहित सम्पादक निबन्ध आचार्यको सम्पादकीय भनाइ र सभापति उपन्यासकार शंकर भारते समापन विशुद्ध साहित्यिक पत्रिका फरक धारबाट सञ्चालित १३ वर्षको गौरवमय पुरा गरी १४ वर्षमा प्रबेशको अवसरमा खुशी व्यक्त गर्नु भयो ।
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको सम्झनामा एक मिनेत मौन धारण गरिएको कार्यक्रममा अटिजम नामक फिल्म युट्युवमा हेर्न सकिने गरी सार्वजनिक पनि गरिएको थियो ।

प्रकाशित मिति २०८२ श्रावण ८, बिहीबार ०९:४० गते
हजुरको प्रतिक्रिया