रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट बन्द : आन्दोलनमा १८ जनाको मृत्यु, २५६ जना घाइते

रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट बन्द : आन्दोलनमा १८ जनाको मृत्यु, २५६ जना घाइते

एजेन्सी

@antaranganews

२०८२ भदौ २३ गते सोमबार ०६:१५

अस्पतालहरूमा पानी, अक्सिजन, एम्बुलेन्स र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै अस्पतालहरूले अपिल गरेका छन् । आन्दोलनकर्मीलेसमेत रगत, पानी र अक्सिजन अभाव भएको भन्दै सहयोगका लागि आह्वान गरेका छन् ।

भर्खरै इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

काठमाडौं– नेपाली जनताका भरोसा एवम् आशाका केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग आज भदौ २३ गतेदेखि भेटघाट बन्द गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवम् सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै गर्दा उहाँलाई एकाएक रोक्ने काम भएपछि त्यस्तो खुलासा भएको हो ।
सांसद मनिष झाले भन्नुभयो, ‘आज मेरो सभापतिसँग भेट्ने समय तय भएको थियो । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।’
सभापति रविले आज विहान मात्रै ‘जेन– जी’का आन्दोलनकारीसँग ऐक्यवद्धता जनाउँदै प्रेस वक्तव्य जारी गर्नु भएको थियो ।
सो आन्दोलन सरकारको आंकलनभन्दा बढी प्रभावकारी भई हिंसात्मक रुप लिन थाले पछि सभापति रविसँग सर्वसाधारण तथा पार्टीका नेता कार्यकर्ताको भेटघाट बन्द गराइएको हुन सक्ने आंकलन गरिएको छ ।
अस्पतालमा अक्सिजन र रगतको अभाव :
अस्पतालहरूमा पानी, अक्सिजन, एम्बुलेन्स र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै अस्पतालहरूले अपिल गरेका छन् । आन्दोलनकर्मीलेसमेत रगत, पानी र अक्सिजन अभाव भएको भन्दै सहयोगका लागि आह्वान गरेका छन् ।
विभिन्न अस्पतालमा गरी सयभन्दा बढी घाइते भएको र २० जनाभन्दा बढी गम्भीर घाइते भएको पनि चिकित्सकहरूले जानकारी दिएका छन् ।
१८ जनाको मृत्यु, २५६ जना घाइते :
यसैबीच, सामजिक सञ्जाल बन्द र भ्रष्टाचारका विरुद्धमा जेन–जी युवाहरूले गरेको आजको विरोध प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्का बाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले भदौ २३ गते जानकारी दिएको हो ।
सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंमा कफ्र्यू जारी भएको छ तर पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।
प्रदर्शनकारीले संघीय संसद भवनमा प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।
यसैगरी, एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ । भर्खरै इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ ।
पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका समाचार आएका छन् ।
केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार १८:१५ गते
हजुरको प्रतिक्रिया