लमजुङ क्याम्पसका रहेका तीन विद्यार्थी संघ संगठनका इकाईका अध्यक्ष समापति, अध्यक्षहरूले गरे विघटनको घोषणा

लमजुङ क्याम्पसका रहेका तीन विद्यार्थी संघ संगठनका इकाईका अध्यक्ष समापति, अध्यक्षहरूले गरे विघटनको घोषणा

नवराज पहाडी

@antaranganews

२०८२ भदौ २४ गते मङ्गलबार ०३:४१

लमजुङ क्याम्पसमा तीन मात्र विद्यार्थी संगठन रहेका थिए । ती संघ संगठनका अगुवाहरूले जेन– जीको हिजोको आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पणका साथ जारी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आजदेखि स्वतन्त्र रहेको घोषणा गरेका थिए ।

उनीहरूले अब आफूहरू कुनै पनि राजनीतिक दलमा नरही स्वतन्त्र रहने तर विद्यार्थीको हक अधिकारका लागि भने थप एकताबद्ध भएर लड्ने पछि नहट्ने उदघोष गरेका छन् ।

लमजुङ– लमजुङमा रहेको एक मात्र सरकारी क्याम्पस लमजुङ कृषि क्याम्पसमा रहेका तीन विद्यार्थी संघ संगठनले इकाईहरू विघटनको घोषणा गरेका छन् । एक अनौपचारिक कार्यक्रमका बीचमा तीनवटै विद्यार्थी संगठनको संयुक्त आयोजनामा सोही क्याम्पसको प्रांगणमा मंगलबार सो घोषणा गरेका हुन् ।
लमजुङ क्याम्पसमा तीन मात्र विद्यार्थी संगठन रहेका थिए । ती संघ संगठनका अगुवाहरूले जेन– जीको हिजोको आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पणका साथ जारी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै त्यस्तो घोषणा गरेका हुन् । सो घोषणा गर्नेमा काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ, एमालेको भातृ संगठन अनेरास्ववियू र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्षहरू छन् । उनीहरूले घोषणापत्रको एक एक प्रति क्याम्पस प्रमुख रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । अब आफूहरू कुनै पनि राजनीतिक दलमा नरही स्वतन्त्र रहने तर विद्यार्थीको हक अधिकारका लागि भने थप एकताबद्ध भएर लड्ने पछि नहट्ने उदघोष गरेका छन् ।
अखिल(क्रान्तिकारी)को जिल्ला अध्यक्ष समेत रहनुभएका विवेक भट्टले जारी गरेको वक्तव्यमा ‘जेन– जीको हिजोको आन्दोलमा पीडित स्वयम् विद्यार्थी वर्ग रहेकोले नैतिक जिम्मेवारीको भागिदार आफू पनि लिदै म विवेक भट्ट लमजुङ क्याम्पसमा रहेको इकाई विघटन गर्दै आफू जिल्ला अध्यक्ष समेत आजकै मितिबाट नरहेको घोषणा गर्दछु’ भनिएको छ ।
नेविसंघका सभापति सौरभ उप्रेतीले जारी वक्तव्यमा भनिएको छ, ‘जेन– जी पुस्ताका विद्यार्थीमाथि भएको अमानवीय, निर्दयता, अन्याय र हिंस्रक राक्षसी प्रवृत्तीको पराकाष्टाको स्वयम् नैतिक जिम्मेवारी नेपाली काँग्रेस पार्टी रहेकाले उक्त राज्यको दोहनमा स्वयम् विद्यार्थी वर्ग रहेकाले नैतिक जिम्मेवारको भागिदार आफू पनि लिदै म नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको समापति पूर्णरुपमा नेविसंघ क्याम्पस इकाई विघटन भएको जानकारी गराउँदछु ।’
त्यसको बोधर्थ, स्ववियु, लमजुङ क्याम्पस, काँग्रेस जिल्ला समिति, लमजुङ, नेविसंघ केन्द्रीय कार्य समिति काठमाडौं, कृ.प.वि.अ.सं. डिनको कार्यालय, काठमाडौं, काँग्रेस नगर समिति, लमजुङ, नेविसंघ जि. समिति, लमजुङलगायतलाई दिइएको छ ।
यसैगरी, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले जारी गरेको वक्तव्यमा ‘सरकारले जनविरोधको जवाफमा गरेको अमानवीय दमनमार्फत आफ्नो निचता देखाइको छ । त्यसैले सरकारको गैर जिम्मेवार र दमनकारी प्रवृत्तीको विरोधमा र भ्रष्टाचार मुक्त भविष्यको कामना गर्ने नेपाली युवाहरूको संघर्षमा ऐक्यवद्धता जनाउँदै आजकै मितिबाट यो कमिटि विघटन भएको घोषणा गर्दछु’ भन्ने उल्लेख छ ।
ती विद्यार्थी नेताहरूको उक्त घोषणा गर्दा सहभागी विद्यार्थीहरूले तालीको गडगडाहट गराउँदै समर्थन गरेका थिए । त्यसपछि क्याम्पस हातामा टाँस गरिएका आ– आफूसम्बद्ध संघ संगठनका बोर्ड निकाल्ने काम गरेका थिए ।
प्रस्तुत छ, सो घोषणा अवधिको फोटो फिचर ः

प्रकाशित मिति २०८२ भाद्र २४, मंगलवार १५:४१ गते
हजुरको प्रतिक्रिया