आज संविधान दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज संविधान दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

एजेन्सी

@antaranganews

२०८२ असोज ३ गते शुक्रबार ०७:२०

तत्कालीन राष्ट्रपति डा रामवरण यादवले विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा यो संविधान जारी भएको घोषणा गर्नु भएको थियो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ठीक १० वर्ष भएको छ ।

काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैं विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज असोज ३ गते बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले समेत सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको छ ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ असोज ३ गते घोषणा भएको थियो । जसलाई प्राप्त गर्न नेपाली जनताले लामो बलिदानीपूर्ण र लामो संघर्ष गर्नु गरेको थियो ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ठीक १० वर्ष भएको छ ।
तत्कालीन राष्ट्रपति डा रामवरण यादवले विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा यो संविधान जारी भएको घोषणा गर्नु भएको थियो ।
संविधान दिवसका अवसरमा साँझ दिपावली समेत गरिने भएको छ ।

प्रकाशित मिति २०८२ आश्विन ३, शुक्रबार ०७:२० गते
हजुरको प्रतिक्रिया