सुन्दरबजार(लमजुङ)– यहाँ स्थित ज्म्ऋक् नमुना सामुदायिक अस्पतालले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि आगो नियन्त्रणसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । अस्पताल परिसरमै आयोजना भएको एक दिने सो तालिम माघ २३ गते सञ्चालन गरिएको हो ।

सुख्खा मौसममा आगलागीका घटनाहरू बढ्ने भएको हुदा विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित तालिममा आगलागीको अपनाउनु पर्ने सावधानी, फायर प्रयोग गर्ने तरिका, घरमा ग्यासबाट आगो लागेमा तथा सुख्खा स्थानमा आगलागी हुँदा कसरी नियन्त्रण गर्नेर सुरक्षित रूपमा आगो निभाउने जस्ता विविध विषयमा सैद्धान्तिकका साथै प्रयोगात्मक जानकारीका साथ अभ्यास गराइएको थियो ।

साथै घर वरपर तथा जंगल क्षेत्रमा आगलागी हुँदा आगो फैलिन नदिन फायर लाइन बनाउने उपायहरूबारे पनि सहभागीहरूलाई जानकारी गराइएको ज्म्ऋक् नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उक्त तालिममा मानसिक परमर्शदाता शोभा ठाकुरी, इत् तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकालले सहजीकरण गर्नु भएको थियो ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा सो तालिम भएको थियो । श्रेष्ठका अनुसार सो तालिममा उक्त अस्पतालमा कार्यरत ३८ जना कर्मचारीले भाग लिएका थिए ।
प्रकाशित मिति २०८२ माघ २६, सोमबार १४:४५ गते