धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत : सूचीसहित

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत : सूचीसहित

एजेन्सी

@antaranganews

२०८२ फाल्गुण १० गते सोमबार ०८:२५

सो दुर्घटनामा परी मृत्यु भएकाहरूको हालसम्म १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले बताउनु भयो । उहाँका अनुसार घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।

घाइतेहरू २८ जनाको सनाखत भएको भए पनि मृतकको सनाखत हुन बाँकी छ ।

बेनिघाट(धादिङ)– रोराङ गाउँपालिका– ५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटनामा घाइते २८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको फागुन ११ गते विहान मृत्यु भएको हो । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटना बेनिघाटमा भएको हो ।
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन् । ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटना आज बिहान करिब १ः३० बजे भएको हो ।
सो दुर्घटनामा परी मृत्यु भएकाहरूको हालसम्म १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले बताउनु भयो । उहाँका अनुसार घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।
घाइतेहरू २८ जनाको सनाखत भएको भए पनि मृतकको सनाखत हुन बाँकी छ सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार बसमा ४५ यात्रु सवार भएको बुझिएको छ । तर सूचिमा भने २७ जनाको मात्र नाम रहेको छ ।
घाइतेहरूको नामावली ः
१) संगम मल्ल, १९ वर्ष सलाङघाट धादिङ,
२) मेरी रेड वर्ष २६, न्यूजिल्याण्ड
३) प्रमिला भट्टराई बास्तोला वर्ष ५९ पोखरा,
४) विवेक बास्तोला वर्ष ४०, पोखरा
५) लमझङ गोले लामा, वर्ष ४८
६) लिलि याभ वर्ष १२, चिन
७) मानबहादुर थापा वर्ष १८ म्योदे तनहुँ ।
८) घनश्याम सुवेदी वर्ष ४५
९) डम्बर विक वर्ष ४६ स्याङजा, फेदीखोला्
१०) युनिक पौडेल वर्ष ३५ पोखरा
११) कृष्ण तिवारी वर्ष २५, पूर्वी नवलपरासी
१२) सलिना परियार वर्ष १९
१३) मान्खी शेर्पा वर्ष ३५
१४) राजन विशंखे वर्ष ४०, धुनीबेसी, धादिङ
१५) चन्द्र फुयाल वर्ष २३, गोकर्ण, काठमाडौं
१६) श्रीगम गुरुङ वर्ष २०, पोखरा
१७) प्रदीप लामिछाने, वर्ष २२, लेखनाथ कास्की,
१८) सचिन्द्र सुनार वर्ष २६ फेदीखोला, स्याङ्जा
१९) स्वर्णीमा खत्री वर्ष २७, कपन, काठमाडौं
२०) विवेक मानन्धर वर्ष ३०, विर्तामोड झापा
२१) पु्ना फुयाल वर्ष २८, गोकर्ण, काठमाडौं
२२) सुकमाया श्रेष्ठ वर्ष २८, व्यास तनहुँ ।
२३) सदीक्षा हमाल, वर्ष १९ शुक्लागण्डकी, तनहुँ
२४) खिमप्रसाद मल्ला वर्ष ४५, तनहुँ
२५) नुर्बु पल्दिन वर्ष ५०, बौद्ध काठमाडौ
२६) रमेश कुव वर्ष ३३, स्याङजा, वालिङ
२७) सुविन मल्ला वर्ष १८ तनहुँ आदि ।

प्रकाशित मिति २०८२ फाल्गुन ११, सोमबार ०८:२५ गते
हजुरको प्रतिक्रिया