समाजसेवी श्रेष्ठलाई मातृ शोक

समाजसेवी श्रेष्ठलाई मातृ शोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०१:११

घरमा उचारत उहाँको आज विहान निधन भएको जीवनका कान्छा भाइ विजयकुमारले बताउनु भयो ।

काठमाडौमा रहेका छोरीहरू आएपछि स्व. विष्णुकुमारीको आजै अन्टेष्टि गरिने भएको परिवार स्रोतको भनाइ छ ।

बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ८ फूलबारी टोल निवासी जीवनकुमार श्रेष्ठ मातृ शोकमा पर्नु भएको छ । उहाँकी ममतामयी आमा विष्णुकुमारी श्रेष्ठको फागुन २२ गते विहान ९ बजे निधन भएसँगै उहाँ मातृ शोकमा पर्नु भएको हो । उहाँ ७९ वर्षकी हुनुहुन्थ्यो ।
घरमा उचारत उहाँको आज विहान निधन भएको जीवनका कान्छा भाइ विजयकुमारले बताउनु भयो । स्व. विष्णुकुमारी करिब दुई वर्षअघि लडेर खुटुटामा लागेको चोटको कारणले उपचार गराइरहनु भएको थियो ।
जीवन भने यतिबेला परिवारसहित यूएसएमा हुनुहुन्छ । उहाँको तत्काल आउने परिस्थिति नभएको बुझिएको छ । नेपालमा छदा उहाँले बेसीशहर नगरविकास समितिको अध्यक्ष लगायतका विभिन्न समाजिक संघसंस्थामा नेतृत्व गर्नु भएरसमाजसेवाका क्षेत्रमा प्रशस्त काम गर्नु भएको थियो ।
स्व. विष्णुकुमारीका तीन भाइ छोरामा साहिलो शोषनकुमार हुनुहुन्छ भने माहिला छोराको यसअघि नै निधन भएको हो । त्यस्तै, छोरीहरू मीरा, सविता, शर्मिला र मञ्जु हुनुहुन्छ ।
काठमाडौमा रहेका छोरीहरू आएपछि स्व. विष्णुकुमारीको आजै अन्टेष्टि गरिने भएको परिवार स्रोतको भनाइ छ ।
त्यस्तै, स्व. विष्णुकुमारीका २० जना नातिहरू र १३ जना नातिनीहरू छन् ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार १३:११ गते
हजुरको प्रतिक्रिया