मस्र्याङदी गाउँपालिका– ४ का दूधपोखरी र छापाडाँडा तथा मस्र्याङदी गाउँपालिका– ३ को हर्सिङ डाँडा क्षेत्रमा साइनपोस्ट स्थापना गरिएको हो ।
‘संरक्षण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यालयले विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ ः एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोदराज रेग्मी
खुदी(लमजुङ)– ग्रामीण पर्यटनको पर्याय बन्दै आएको लमजुङमा पर्यटन प्रवद्र्धनका थप सहज बनाउनका लागि साइनपोस्ट स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, भुजुङले मस्र्याङदी गाउँपालिकाको तीन स्थानमा जेठ ३१ गते साइनपोस्ट स्थापना गरिएको हो ।
पर्यटक तथा स्थानीयवासीलाई गन्तव्य, पदमार्ग तथा क्षेत्रसम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ती साइन पोष्ट राखिएको एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । मस्र्याङदी गाउँपालिका– ४ का दूधपोखरी र छापाडाँडा तथा मस्र्याङदी गाउँपालिका– ३ को हर्सिङ डाँडा क्षेत्रमा साइनपोस्ट स्थापना गरिएको उहाँले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘संरक्षण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यालयले विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’
‘यस कार्यले यो क्षेत्रमा पर्यटन प्रवद्र्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न सहज हुनुका साथै क्षेत्रको समग्र व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।’ एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोदराज रेग्मीले उल्लेख गर्नुभयो ।
ती स्थान मस्र्याङदी गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रम अन्तर्गत सो कार्य गरिएको एक्यापले जनाएको छ ।
प्रकाशित मिति २०८३ असार १, सोमबार १९:५० गते