जगद्गुरू वालसन्त मोहनशरण देवाचार्य लमजुङ आउनु हुने

जगद्गुरू वालसन्त मोहनशरण देवाचार्य लमजुङ आउनु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २३ गते बुधबार ०६:३६

धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को समुद्घाटन नेपालका प्रथम जगद्गुरु पीठ चतराधामका जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्री शुभारम्भका लागि आउनुहुने भएको हो ।

उहाँ आउनु हुने कार्यक्रम केही दिनमा तय हुने भएको छ ।

पाउँदी(लमजुङ)– जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य लमजुङ आउनु हुने भएको छ । नेपालको प्रचीन एवं ऐतिहासिक धार्मिक स्थल चतराधामका जगद्गुरू देवाचार्य सर्वोदय सेवाश्रम धर्मनाथ धाम (राइनस नगरपालिका– ८) लमजुङमा आउनुहुने असार २४ गते खुलासा भएको हो ।
धर्मनाथ धाममा हरेक बर्ष हुने श्रावणी स्नान बोलवम मेलाको यस बर्ष २०८३ को नेपालका प्रथम जगद्गुरु पीठ चतराधामका जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजश्री समुद्घाटनका लागि आउनुहुने भएको हो । जगतगुरू स्वामी महाराजबाट आजै असार २४ गते धर्मनाथ धाम आउनुहुने दिव्य वचन पाएको उक्त आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओेलियाले बताउनुभयो । उहाँका अनुसार स्वामी महाराज मुक्तिनाथको कार्यक्रम पश्चात् चतारा फर्कने क्रममा मेलाकाे यस धाममा आई यहाँ हुने बोलवम यात्रा कार्यक्रमको शुभारम्भ गर्नुहुने तय भएको छ । ओलियाले भन्नुभयो, ‘केही दिनमा नै कार्यक्रमको मिति तय हुनेछ ।’ सम्पुर्ण महानुभावहरूलाई नेपालका प्रथम जगद्गुरुको दिव्य दर्शन र प्रवचन श्रवणका लागि तयारीमा रहन समेत ओलियाले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति २०८३ असार २४, बुधबार १८:३६ गते
हजुरको प्रतिक्रिया