
काठमाडौँ– बहुचर्चित र बहुप्रतिक्षित नक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ । पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी नेता टेकनाथ रिजाललगायत २३ जनालाई मुद्दामा काठमाडौं जिल्ला अदालतले असार २३ गते अन्तिम फैसला गरेको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले त्यस्तो फैसला गरेको हो । कसुर ठहर भएका प्रतिवादीको हकमा असार २९ गते सजाय निर्धारण गर्ने पेसी तोक्न आदेश गरिएको छ । तीन वर्षभन्दा बढी समयमा सुरु अदालतले बहुचर्चित मुद्दामा अन्तिम फैसला सुनाएको हो ।
ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ र बाँकी सबैलाई दोषी ठहर गरेको छ । २०८० जेठ १० गते उच्च राजनीतिज्ञ र प्रशासकलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सरकारले एउटै विषयमा चार वटा फरक फरक क्लस्टरमा मुद्दा हालेको थियो ।
जिल्ला अदालतमा उपस्थित भएका सात प्रतिवादीले सो अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा रायमाझीका छोरा सन्दीपसमेत छन् । सो मुद्दामा टोपबहादुरसहित सातजना कारागारमा थिए । केन्द्रीय कारागारमा रहेका प्रतीक थापाले सफाइ पाएसँगै हिजो २४ गते उनी रिहा भएका छन् । रिहा हुनुअघि उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । खोजेको बखत उपस्थित हुने सर्तमा उनी ती निकायबाट तारेखमा छुटेको बताइन्छ ।
किर्तेमा दोषी ठहर हुनेहरूमा केशवप्रसाद दुलाल, सानु भण्डारी, टेकनाथ रिजाल हुनुहुन्छ भने सङ्गठित अपराधमा दोषी ठहर हुनेमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी रहेको बताइएको छ ।
यसैगरी, सङ्गठित अपराधमा मतियार भएको ठहर भएकाहरूमा बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल रहेका छन् भने राज्यविरुद्ध र एकीकृत कसुरमा दोषी
ठहर हुनेमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी । बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल राज्यविरुद्धको कसुरको मतियारमा दोषी ठहर भएको छ ।
सो मुद्दामा ३० प्रतिवादी बनाइएकामध्ये मुद्दासाथ उपस्थित सात जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । रायमाझी पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुनुहुन्छ । यस्तै प्रतीक पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुनुहुन्छ ।
सो मुद्दामा टोपबहादुरसहित सातजना कारागारमा छन् । केन्द्रीय कारागारमा रहेका प्रतीक थापाले सफाइ पाएसँगै हिजो २४ गते उनी रिहा भएका छन् । रिहा हुनुअघि उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । खोजेको बखत उपस्थित हुने सर्तमा उनी ती निकायबाट तारेखमा छुटेको बताइन्छ ।
मुद्दा मुलतबीमा ः
अदालतमा अनुपस्थित भएकाहरूको हकमा मुद्दा मुलतबीमा राखिएको छ । त्यस्तो सूचिमा पर्नेहरूमा अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी छन् ।

प्रकाशित मिति २०८३ असार २५, बिहीबार २०:१९ गते