मर्स्याङदी गाउँपालिकाद्वारा स्वागत गेटको निर्माण कार्य पुरा

मर्स्याङदी गाउँपालिकाद्वारा स्वागत गेटको निर्माण कार्य पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार २५ गते शुक्रबार ०७:३८

यस कार्यले गाउँपालिकाको पहिचानलाई उजागर गर्नुका साथै यस पालिकामा आउने तथा यो बाटो भएर मनाङ जाने आन्तरिक तथा बाह्य पर्यटक तथा कर्मचारी लगायतका अन्य आगन्तुकलाई सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

उक्त स्वागत गेटको निर्माण कार्यमा कुल १४ लाख ५ हजार रुपैयाँको खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो ।

भूलभूले(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने द्वारको निर्माण कार्य पुरा गरेको छ । सोही पालिका– ९ स्थित पालिकाको स्वागत गेट भलाम चौतारा नजिक निर्माण सम्पन्न भएको छ ।
सो गेटको निर्माण कार्य २०८२ साल फागुनबाट थालिएको थियो । उक्त गेटको निर्माण कार्य यही असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वागत गेट निर्माण सम्पन्न भएसँगै पालिकाको सौन्दर्यमा वृद्धि हुनुका साथै स्थानीय पहिचानका साथै पर्यटन प्रवद्र्धनका कार्यमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि गाउँपालिकाको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र स्थानीय पहिचान झल्किने संरचनाको निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने पालिकाको पूर्वप्रतिवद्धतालाई दोहोर्उाउनु भएको छ ।
उक्त स्वागत गेटको निर्माण कार्यमा कुल १४ लाख ५ हजार रुपैयाँको खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो । उहाँका अनुसार रियल टाइम कन्सट्रक्सन प्रालि, काठमाडौंले त्यसको निर्माणको जिम्मा लिएको थियो । उहाँले भन्नुभयो, ‘गेटमा प्रयोग गरिएको कलात्मक (आर्ट) डिजाइनको काम क्रस साइन, भरतपुरले पाएको
थियो ।’
यस कार्यले गाउँपालिकाको पहिचानलाई उजागर गर्नुका साथै यस पालिकामा आउने तथा यो बाटो भएर मनाङ जाने आन्तरिक तथा बाह्य पर्यटक तथा कर्मचारी लगायतका अन्य आगन्तुकलाई सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका अनुसार स्वागत गेट निर्माणसँगै पालिकाको भ्रमणका लागि एक गन्तव्य थप भएको छ ।
तस्विर : प्रदीप गुरुङबाट ।

प्रकाशित मिति २०८३ असार २६, शुक्रबार १९:३८ गते
हजुरको प्रतिक्रिया