मादी मिदिम साकोसको हिनामिना अपडेट, ‘पालिका भित्रका अन्य ३७ सहकारीहरू सबै राम्रोसँग चलेका छन्’ : नगरपालिका

मादी मिदिम साकोसको हिनामिना अपडेट, ‘पालिका भित्रका अन्य ३७ सहकारीहरू सबै राम्रोसँग चलेका छन्’ : नगरपालिका

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २८ गते सोमबार ०७:५३

सञ्चालकहरू शंकरराज घिमिरे ४७ लाख ७० हजार १२९ रुपैयाँ, उमेश अधिकारी २९ लाख ४२ हजार ९३१ रुपैयाँ, सीता गुरुङ १७ लाख ६९ हजार ७८८ रुपैयाँ, यशोदा न्यौपाने पौडेल १७ लाख ६१ हजार ६५२ रुपैयाँ, प्रतापशाली घिमिरे आठ लाख ६० हजार ४६ रुपैयाँ बिगो दावी गरिएको छ ।

अध्यक्ष राजेन्द्र पौडेलको हकमा ३९ लाख ५३ हजार ९३३ रुपैयाँ, अन्य सञ्चालकहरू सो सहकारीका व्यवस्थापक सरोज पौडेलबाट आठ करोड ६६ लाख ९९ हजार ५७० रुपैयाँ विगो दावी गरिएको छ ।

बेसीशहर– लमजुङको मध्यनेपाल नगरपालिकाको केन्द्रस्थल भोर्लेटारमा मुख्य कार्यालय रहेको मादी मिदिम बचत तथा ऋण सहकारी संस्था(साकोस)को हिनामिनाकाबारेमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको समाचार यसअघि आइसकेको छ । त्यो समाचार प्रकाशमा आएपछि हामीलाई त्यस क्षेत्रका केही व्यक्तित्वहरूले फोनबाट ‘मादी मिदिमजस्तै सडेको स्थितिमा पुगेका अन्य सहकारीका बारेमा किन समाचार नआएको हो ?’ भन्दै प्रश्न गर्नु भयो । त्यस्तो छ भने त तपाईहरूले कसै न कसैले उजुर गर्नुस्, त्यसका केही प्रकृति हुन्छन् त्यो पुरा भएपछि मुद्दा दर्ता हुन सक्छ, हामीले त मुद्दा दर्ता भएपछिको स्थितिका बारेमा सर्वसाधारण तथा पाठकवर्गलाई जानकारी दिनु कर्तव्य भएकोले समाचार प्रकाशन गरिएको हो, त्यो क्षेत्रका अन्य सहकारीको यो स्थिति देखिएको जानाकारीमा छैन हामीले भन्यौं ।
उताबाट भनियो, ‘रेडक्रसकै चार लाख मासेको सहकारीले तीन वर्षदेखि फिर्ता माग्दा दिएको छैन ।’ अनि त्यो संस्थाका पदादिधकारीहरू के हेरेर बसेका छन् त ? उजुर गर्दा हुन्छ नि ? भन्दा उनीहरू दबाब र प्रभावमा रहेका छन् भनियो । यसबाट पनि राजनीतिक शक्तिको आडमा यस्ता गतिबिधि हुन्छन्, भइरहेको छन् र छोप्न प्रयास जारी छ भन्ने पुनः पुष्टि भएको छ ।
यसबारेमा मध्यनेपाल नगरपालिकामा सम्पर्क गर्दा पालिका भित्र ३८ वटा सहकारी संस्था सञ्चालनमा छन् अरु सबै ठीकसँग चलेको भन्ने छ मादी मिदिमको मात्र मुद्दा चलेको हो नगरपालिका सूचना अधिकारी पदमबहादुर दरैले बताउनु भयो । उहाँलाई यौटा सहकारीले रेडक्रसको चार लाख रुपैयाँ तीन वर्षदेखि दिन सकेको छैन भन्ने छ त ? भन्ने जिज्ञासामा त्यो त ठ्याक्कै थाहा भएन अन्य कुनै संस्थाका बारेमा त्यस्तो गुनासो आएको छैन दरैले भन्नुभयो ।
पाठक वर्गलाई हामी यो मुद्दाका बारेमा थप जानकारी अर्को समाचारमा दिने प्रतिवद्धता व्यक्त गरेअनुसार त्यसतर्फ यहाँहरूको ध्यानाकर्षण गर्दछौं । उक्त मादी मिदिम साकोसको कुल हिनामिना रकम पाँच करोड नौ लाख ६ हजार १७१ रुपैयाँ रहेको उल्लेख गरेका थियौं । त्यो संस्थागत रहेको र व्यक्तिगत रुपमा सञ्चालकहरू र कर्मचारीहरूका नाउँमा पनि छुट्टा छुट्टै विगो रकम दावी गरिएको विववरण सो मुद्दाको अभियोग पत्रमा उल्लेख रहेको विवरण यसप्रकार छ :
सबै प्रतिवादीहरूसँग सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागबाट जारी भएको कर्जाको सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशतको दरले २०८३।०३।३२ देखि मुद्दाको टुंगो नलाग्दासम्मको अवधिको हुन आउने व्याज समेत गणना गरी भराउन माग गरिएको छ । उक्त मुद्दाको प्रतिवादी तत्कालका लागि ६४ जना तय भएको छ भने त्यसको आधा भन्दा बढी संख्याका नाउँमा थप पूर्जी जारी हुन अभियोगपत्रमा माग गरिएको छ ।
सञ्चालक तथा अध्यक्ष राजेन्द्र पौडेलको हकमा ३९ लाख ५३ हजार ९३३ रुपैयाँ, अन्य सञ्चालकहरू सो सहकारीका व्यवस्थापक सरोज पौडेलबाट आठ करोड ६६ लाख ९९ हजार ५७० रुपैयाँ विगो दावी गरिएको छ । सञ्चालकहरू शंकरराज घिमिरे ४७ लाख ७० हजार १२९ रुपैयाँ, उमेश अधिकारी २९ लाख ४२ हजार ९३१ रुपैयाँ, सीता गुरुङ १७ लाख ६९ हजार ७८८ रुपैयाँ, यशोदा न्यौपाने पौडेल १७ लाख ६१ हजार ६५२ रुपैयाँ, प्रतापशाली घिमिरे आठ लाख ६० हजार ४६ रुपैयाँ र केशवराज अधिकारी एक लाख ८२ हजार ६२७ रुपैयाँ विगो दावी गरिएको देखिएको छ ।
प्रतिवादीहरू प्रकाश न्यौपाने १३ लाख ९१ हजार ८४५ रुपैयाँ, सुर्यनाथ घिमिरे १३ लाख ३९ हजार ५७३ रुपैयाँ रहेको हुनुपर्ने सजाय र निजबाट भराउनु पर्ने बिगो भन्ने उल्लेख छ । त्यस्तै, प्रतिवादीहरू विराज गुरुङ १६ लाख दुई हजार ८१ रुपैयाँ, भिम बहादुर श्रेष्ठको बाँकी विगो रकम ११ लाख ३० हजार ३२७ रुपैयाँ रहेको देखिन्छ ।
त्यस्तै, पूर्व सञ्चालकहरू मिन बहादुर भण्डारी पूर्व सञ्चालक १७ लाख ९१ हजार ७७५ रुपैयाँ, शिवराज पौडेल पाँच लाख ९२ हजार ६१४ रुपैयाँ, शुशील अधिकारी पूर्व लेखासुवेक्षण समिति पदाधिकारी आठ लाख ३९ हजार १४० रुपैयाँ, ताराशाली घिमिरे पूर्व सञ्चालक चार लाख पाँच हजार ३९६ रुपैयाँ, यसैगरी, प्रतिवादीहरू मदन कुमार न्यौपाने छ लाख ३५ हजार १६६ रुपैयाँ, प्रदिपराज घिमिरेलाई छ लाख ८९ हजार ४५१ रुपैयाँ उल्लेख छ ।
त्यस्तै, प्रतिवादीहरू क्रमशः विशाल गुरुङले छ लाख ३८ हजार २८० रुपैयाँ, गोरा गुरुङले आठ लाख ८४ हजार ३९५ रुपैयाँ, कृष्ण दुरा तीन लाख ५६ हजार ४६३ रुपैयाँ, लबिन गुरुङ छ लाख ४६ हजार ४०८ रुपैयाँ, मनिराम खड्का एक लाख ४५ हजार २६९ रुपैयाँ, सीतादेवी वि.क. एक लाख १३ हजार ८२२ रुपैयाँ र उषादेवी श्रेष्ठ २३ हजार २०४ रुपैयाँ रहेको देखिन्छ भन्ने उल्लेख छ ।
प्रतिवादीहरू ज्ञानप्रसाद अधिकारी र श्यामकला सापकोटा अधिकारी एकमुष्ट बाँकी विगो रकम ४५ लाख ५६ हजार ८५८ रुपैयाँसहित २०७८।११।१३ गते सहकारी विभागबाट जारी भएको कर्जाको सन्दर्भ ब्याजदरको अधिकतम सिमा १६ प्रतिशतको दरले मिति २०८३।०३।३२ देखि मुद्दा टुंगो नलाग्दासम्म हुन आउने व्याज समेत असुल गर्नु पर्ने उल्लेख छ ।
प्रतिवादी सहायक व्यवस्थापक कुशल गुरुङ १२ लाख ८५ हजार ७६९ रुपैयाँ, पूर्व तथा हालका सञ्चालक समितिका पदाधिकारीहरू, लेखासुपरिवेक्षण समितिका पदाधिकारीहरू, अन्य उपसमितिका पदाधिकारीहरू, पूर्व तथा हालका कर्मचारीहरू तथा निजका नजिकका नातेदारका नाउँमा सहकारीको सिस्टममा ऋण देखाएर गरेको हिनामिना सम्बन्धमा निज प्रतिवादीहरूले सहकारी संस्थाबाट ऋण भनी लगेको सहकारी हिनामिनाको सावाँ व्याजको दायित्व ४२ लाख १७ हजार ११८ रुपैयाँ निजैहरूबाट सहकारी संस्थालाइ भराई दिनु पर्ने देखिन्छ अभियोग पत्रमा उल्लेख छ ।
प्रतिवादी बुद्धि भक्त रेम्मीबाट दिलाई भराई पाउन मागदावी लिईएको २३ लाख १० हजार १८७ रुपैया उल्लेख छ ।
त्यस बाहेक दायित्व बुँदा नं. (क) र बुँदा नं. (ख) बमोजिम कुल चार लाख ६४ हजार १०७ रुपैयाँ सहकारी संस्थालाई नदिएको रकम यिनै सञ्चालक तथा कर्मचारी प्रतिवादीहरूबाट सहकारी संस्थालाई भराई दिनु पर्ने देखिन्छ ।
प्रतिवादी कर्मचारी सोनी धिङ्गल (दुरा) २० लाख ५१ हजार ६३२ रुपैयाँ विगो मागदावी लिइएको छ । सम्बन्धित पीडित बचतकर्ता, शेयर सदस्य र अन्य भुक्तानी दिनु पर्ने सम्बद्ध पक्षलाई दिलाउनको लागि सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) अनुसार मादी मिदिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई निज प्रतिवादी सोनी धिङ्गल (दुरा)बाटै दिलाई भराई पाउन मागदावी लिइएको छ । प्रतिवादीहरू ममता भुजेल र सरिता पौडेलको हकमा क्रमशः.एक लाख ४१ हजार ६०१ रुपैयाँ र एक लाख ९६ हजार ५६१ रुपैयाँ मागदावी लिइएको छ ।
प्रतिवादीहरू अमृत गुरुङले एक लाख २५ हजार ६७ रुपैयाँ, अनिता गुरुङले तीन लाख छ हजार ६४४ रुपैयाँ, बिक्रम कुमार श्रेष्ठ दुई लाख ६९ हजार ३२४ रुपैयाँ, बिनोद परियारले ७१ हजार २१२ रुपैयाँ, धनसुव्वा गुरुङ तीन लाख ९४ हजार ४६४ रुपैयाँ, ध्रुव कुँवरले पाँच लाख ८२ हजार २९६ रुपैयाँ, मञ्जु विश्वकर्मा ५१ हजार ४०२ रुपैयाँ, मञ्जु श्रेष्ठले दुई लाख ५१ हजार ९२४ रुपैयाँ, ओम कुमारी गुरुङ ५८ हजार ८६९ रुपैयाँ, राज कुमार गुरुङ नौ लाख ५८ हजार १३७ रुपैयाँ, संसेर बहादुर नेपाली सात लाख १२ हजार ६८० रुपैयाँ, सर्मिला क्षेत्री रेग्मी तीन लाख ३९ हजार ४३२ रुपैयाँ, सत्य विश्वकर्मा.२४ हजार ९९१ रुपैयाँ, सुनिल गुरुङले एक लाख आठ हजार १२३ रुपैयाँ, सुर्य बहादुर कुँवर ७५ हजार ४५६ रुपैयाँ, तेज बहादुर तामाङ एक लाख ८६ हजार ६३ रुपैयाँ, विकास गुरुङ ११ लाख ७३ हजार ६२९ रुपैयाँ, खेम बहादुर गुरुङ १० लाख ४० हजार ६६५ रुपैयाँ, नरेन्द्र पाण्डे ११लाख ७६ हजार ९२३ रुपैयाँ उल्लेखित रकम निजै प्रतिवादीहरूबाट सहकारीलाई दिलाई भराई दिनुपर्ने देखिंदा उल्लेखित विश्लेषण समेतबाट निज प्रतिवादीहरूलाई सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (छ), (झ) र (त) बमोजिमको कसूर गरेको स–प्रमाण पुष्टि हुन आयो अभियोग पत्रमा भनिएको छ ।
त्यसैगरी, प्रतिवादी संशेर बहादुर नेपालीले यस भन्दा अगाडी बैकिङ कसुर मुद्दामा १५ दिन कैद र २१ हजार ३४० रुपैयाँ जरिवाना भएको तनहुँ जिल्ला अदालतको मिति २०८१।३।१३ गतेको फैसलाको प्रतिलिपीबाट देखिंदा निज प्रतिवादी संशेर बहादुर नेपालीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ को उपदफा (२)बमोजिम थप सजाय गरी पाउन, प्रतिवादी सुर्य बहादुर कुँवरले यस भन्दा अगाडी अभद्र व्यवहार मुद्दामा १० हजार जरिवाना भएको लमजुङ जिल्ला अदालतको मिति २०८०।०८।६ गतेको फैसलाको प्रतिलिपीबाट देखिंदा निज प्रतिवादी सुर्य बहादुर कुँवरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ को उपदफा (२) बमोजिम थप सजाय गरी पाउन, प्रतिवादीहरूले सहकारीलाई सोधभर्ना गर्नु पर्ने देखिएको भनिएको छ ।
प्रतिवादीहरू बद्री प्रसाद पौडेल २४ लाख ७४ हजार ९९८ रुपैयाँ, गीता विश्वकर्मा १७ लाख ५२ हजार ८२५ रुपैयाँ, जाकिर हुसेन मिया २२ लाख १९ हजार ८२७ रुपैयाँ, कृष्णकान्त पौडेल ऋण उपसमिति सदस्य दुई लाख ४० हजर ३१७ रुपैयाँ, लोकनाथ रिमाल १४ लाख ११ हजार ६७ रुपैयाँ, मुक्तिमणी पौडेल ले.स. दुई लाख ९३ हजार ८२६ रुपैयाँ, नवीन अधिकारी ले.सु. दुई लाख ९० हजार ३२६ रुपैयाँ, पुनम गुरुङ कर्मचारी ३३ हजार ४८६ रुपैयाँ, पूर्व सञ्चालक राम बहादुर अधिकारी क्षेत्री चार लाख ४८ हजार ९०८ रुपैयाँ, राममणी भट्टाराई १४ लाख ७२ हजार १४३ रुपैयाँ, सचिन लामिछाने ऋण उपसमिति सदस्य १५ लाख चार हजार १७५ रुपैयाँ विगो माग दावी गरिएको छ ।
उनीहरूलाई हुन सक्ने सजायको व्यवस्था कानुनमा उल्लेख भए बमोजिम निम्नानुसार छ :
कुनै सहकारी संस्था वा सो को सदस्य वा बचतकर्ता वा तीमध्ये कसैलाई हानी नोक्सानी पुग्ने गरी लेखा परीक्षण गरे गराएमा वा लेखापरीक्षण गरेको झुट्टो प्रतिवेदन तयार पारेमा वा पार्न लगाएको कसूरमा एक वर्षसम्म कैद र एक लाख रुपैयासम्म जरिवाना, (ग) खण्ड (ख) को कसूरमा बिगो बराबरको रकम जरिवानागरी तीन बर्षसम्म कदै, (घ) खण्ड (घ) (ङ) (च) (छ)(ज)(झ) (ञ) (ट)(ण) र (त) को कसूरमा बिगो भराई बिगो बमोजिम जरिवानागरी देहाय बमोजिमको कैद हुनेछ, (१) दश लाख रुपैयासम्म बिगो भए एक वर्षसम्म कैद, (२) दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद, (३) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैद, (४) एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि छ बर्षसम्म कैद, (ङ) खण्ड (ढ) को कसूरमा दश वर्षसम्म कैद, मुलुकी अपराध संहिता, २०७४, ४४ अनुसार थप सजाय हुनेः (२) उपदफा (१) बमोजिमको कसूर बाहेक अन्य कसूरमा सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्षभित्र अर्को कसूर गरेमा निजलाई पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म सजाय हुने उल्लेख छ ।

प्रकाशित मिति २०८३ भाद्र २९, सोमबार १९:५३ गते
हजुरको प्रतिक्रिया