घुमिफिरी फेरि भक्ति नमूना पुनः छिर्न सो माविका शिक्षक थकित यात्रीको दौडधुुप जारी

घुमिफिरी फेरि भक्ति नमूना पुनः छिर्न सो माविका शिक्षक थकित यात्रीको दौडधुुप जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ३० गते बुधबार १०:१४

अकला आधारभूत (१–८ कक्षा) भएर पनि विद्यार्थी संख्या जम्मा ४३ रहेको तर शिक्षक संख्या भने नौ रहेको ठाउँमा आफू जाने र उक्त विद्यालय भक्ति नमूनामा गाभिदा स्वफुर्त रुपमा आफू पनि भक्ति नमूनामा भित्रन सकिने हुँदा त्यो तयारीमा रहेर तानाबाना बुन्ने काममा थकित यात्री जुटिरहेको स्रोतको भनाइ छ । त्यस कार्यका लागि थकितले आफ्ना ‘जाँड ग्याँङका बुख्याचाहरू’लाई समेत उपयोग गरेको स्थानीय अभिभावकको गुनासो छ ।

यसप्रकार थकित यात्रीले यस्ता यस्ता बहादुरी पूर्ण काम गरेकै कारणले होला सुन्दरबजार नगरपालिकाको नेतृत्वले पनि उनलाई जोगाउनका लागि न्वारानदेखिको बल खर्चिने गरेको भन्ने आम बुझाइ रहेको छ ।

भोटेओडार(लमजुङ)– स्थानीय भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीलाई विद्यालय व्यवस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठकले यही भदौ १८ गतेदेखि उक्त विद्यालयमा हाजिर हुन नदिएको आज १३ औं दिन भएको छ । तर उनी यतिबेला फेरि कुनै न कुनै बहानामा सोही विद्यालयमा फर्कनका लागि तानाबाना बुन्दै दौडधुुप गरिआएको स्थानीय अभिभावकको भदौ ३१ गते गुनासो छ ।
आजका दिनसम्म उनको व्यवस्थापन गर्नेतर्फ नगरपालिका समेत उदासिन बन्दै उनैको पक्षपोषण गरेको कारण नगरपालिकाप्रति समेत अभिभावकहरूले रोष व्यक्त गरेका छन् । घुमिफिरी रुम्झाटार भन्ने लोकोक्ति छ, स्थानीय अकला आधारभूत विद्यालयलाई भक्ति नमूना माविमा गाभ्नका लागि चालिएको कदम अन्तिम चरणमा पुगेको छ । थकितले भोलि असोज १ गते बस्ने नगरपालिकाको शिक्षा समिति बैठकबाट आफूलाई अकला आधारभूत विद्यालयमा सरुवा गर्ने निर्णय गराउने र अबको एक डेढ महिनामा सो विद्यालय भक्ति नमूनामा गाभिए पछि पुनः सोही विद्यालयमा छिरेर पूर्ववत रुपमा हैकम जमाउने र सोही लोकोक्तिको उपमा बन्ने ध्याउन्नमा रहेको खुलासा भएको छ । तर भोटेओडार क्षेत्रका अभिभावकहरूले निज थकितलाई उक्त पालिकाको भेटेओडार क्षेत्रमा रहेको वडानं– ९ र ८ का कुनै पनि विद्यालयमा हाजिर नगराउने मानसिकता बनाएको जानकारीमा आएको छ । भक्ति नमूना माविमा तह लगालेको मान्छेलाई हाजिर गराएर हामी काउँछाको माला भिर्न तयार छैनौं अभिभावकहरूले बताउने गरेका छन् ।
आधारभूत (१–८ कक्षा सञ्चालित) भएर पनि विद्यार्थी संख्या जम्मा ४३ रहेको तर शिक्षक संख्या भने नौ रहेको ठाउँमा आफू जाने र उक्त विद्यालयलाई भक्ति नमूनामा गाभिदा स्वफुर्त रुपमा भक्ति नमूनामा भित्रने सकिने हुँदा त्यो तयारीमा रहेर तानाबाना बुन्ने काममा थकित यात्री जुटिरहेको स्रोतको भनाइ छ । त्यस कार्यका लागि थकितले आफ्ना ‘जाँड ग्याँङका बुख्याचाहरू’लाई समेत उपयोग गरेको स्थानीय अभिभावकको गुनासो छ ।
थकितले ‘राजनीतिक शक्तिको के कति र कसरी दुरुपयोग गरेका छन् !’ भन्ने एक अर्को उदाहरण यहाँ उल्लेख गर्दा उपयुक्त हुने देखिन्छ । २०६९ सालको असार १३ गते उनलाई बाहुनडाँडाको डहरेमा सरुवा गर्नु हुने तत्कालीन जिल्ला शिक्षा अधिकारी नारायण भट्टलाई उहाँकै कार्यकक्षमा थकितले हातपात गरे । त्यसको विरुद्धमा जिशिअ भट्ट आफैले सरकारवादी मुद्दा हुने गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराउनु भयो, त्यसै असार २२ गते । तर थकितले राजनीतिक शक्तिकै आडमा त्यो मुद्दाको किनारा(फैसला हुँदा) लाग्दा २०७० को पुस २१ गते पहिलो पटक भएका कारण अब आयन्दा यस्तो गर्ने छैन भन्ने जिल्ला प्रशासन कार्यालयमा कागज गराएर छाड्ने वातावरण तयारी गरी प्रजिअबाट आदेश गराउने काम गर्न सफल भएको मुद्दाको विवरण आज पनि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित रहेको छ, इच्छुकहरूले त्यहाँ गएर सो विवरण हेर्न, बुझ्न सक्नु हुन्छ ।
पाठक वर्गले सहज अनुमान गर्न सक्नु हुन्छ कि ! यौटा प्राविस्तरको शिक्षकले जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमा हातपात गर्छ, त्यो मुद्दा– सरकारवादीका रुपमा जिल्ला शिक्षा अधिकारी आफैले गर्दा गराउनु भएको छ– तर त्यो बिना सजाय टुंगिन्छ ? के यो सोर्स (पावर) बिना सम्भव होला ? त्यही बेलादेखि पुल्पुलिदै आएका थकितको पापको घडा यतिबेला भने भरिएको प्रतीत भएको छ । तर सुशासनको नारा दिएर संघीय सरकार पुगेको वर्तमान सरकारवाला दल यो जिल्लामा छ कि छैन ? भन्ने प्रश्न गर्दै आफूहरू ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने स्थितिको भान भइरहेको भोटेओडारबासी अभिभावकहरूले बताउनु भएको छ ।
प्रहरी प्रशासनमा समेत उनको बोलाबाला रहेको यसअघि उनलाई जिल्ला प्रशासनले क्षतिपूर्ति भराउनका लागि लेखेको पत्र(गाडीको तोडफोडवापत)को कार्यान्वयनको अवस्थामा बारेमा यसअघिको समाचारमा उल्लेख गरिसकिएको छ ।
सोही काण्ड, उनले ०७८ को माघ २७ गते राती १०ः०६ बजे मञ्चाएका थिए । त्यो कार्य उनैले गरेको भन्ने सिसिटिभी फुटेजबाट पहिचान भएको हो । त्यसपछि उनी भोलिपल्टदेखि फागुन ७ गतेसम्म फरार रहे । ८ गते भक्ति नमूना माविमा देखिएका उनलाई दिउँसै प्रहरीले पक्राउ गर्यो । तर जिल्ला प्रहरी कार्यालयमा पुग्न नपाउँदै उनी हाजिरी जमानीमा छुटे । यसले हाम्रो राज्य संयन्त्र के कसरी चलेको छ वा रहेछ ? भन्ने यो एक नमूना उदाहरण हो । पाठक वर्गले भन्न सक्नु हुन्छ यी र यस्ता गतिविधिहरू त सुशासनका पक्ष पोषण हुन् भनेर ?
सिटरोलमा  नाम नभएको खुलासा :
शिक्षकको पदीय मर्यादामा नबसी अनुशासनहीन भएर विद्यालयमा गुण्डागर्दी गर्ने गरेको कारणले हुन सक्छ थकितको सिटरोलमा भने नाम अंकित नभएको भन्ने बुझिन आएको छ । सिटरोल भनेको शिक्षक कितावखानाले राख्ने शिक्षकहरूको आधारभूत जानकारीको अभिलेखिकरण भएको फायल हो । त्यही फायलका आधारमा शिक्षकहरूको बढुवा हुने, पेन्सन, अनिवार्य अवकास, ग्रेड आदिको निर्धारण हुने गर्दछ । त्यो विवरण नै थकितको शिक्षक किताव खानामा नभएको भन्ने सो माविका प्रधानाध्यापक तथा नगरपालिकाको शिक्षा शाखाले समेत पुष्टि गरेको स्रोतले जनाएको छ । यसबाट उनको फुर्फुर केही मत्थरिने अपेक्षा गरिएको अभिभावकको भनाइ छ ।
भक्ति नमूना माविमा थकितले शिक्षकको हैसियतमा गरेका हरकतहरू :
भक्ति नमूना माविमा प्रावि तहका शिक्षक थकितले शिक्षकको हैसियतमा विद्यालयमा गरेका हरकतहरूको त्यहाँका अभिभावकहरूले दुई दर्जन बढी बुँदाको फेहरिस्त हामीलाई पठाउनु भएको छ । प्रत्यस्तु छ त्यो विवरण जस्ताको तस्तै :
१. कार्यरत विद्यालयको छात्रावासमा बसेर छोरी र भतिजोलाई निजी विद्यालयमा पढाएको ।
२. विद्यालयको हाताभित्र भएको सिसौका मुढा बिहान ४ बजे बाहिर सप्लाई गरी फर्निचरमा चिराएर कसैको घरमा झ्याल ढोका बनाउन पठाएको ।
३. विद्यालयमा कार्यरत आन्तरिक श्रोतका शिक्षकहरूलाई बिहान हाजिर गर्ने समयमा प्र.अ.कै कार्यकक्षमा आयोग पास गर्न नसकेकाहरूको दाँत झार्दिन्छु भन्दै धम्क्याउने गरेको ।
४. बाहिरका मान्छेहरूको प्रयोग गरेर शिक्षकहरूलाई धम्काउने काम गर्दै आएको ।
५. २०८३ भाद्र ४ गते भएको विद्यालयको घटना लगायत चार दिनसम्मका सि सि क्यामेराको फुटेज डिलिट गरेको ।
६. यहाँको समुदायले भक्ति नमुना मा.वि.को स्वामित्वमा रहेको जग्गामा भक्ति आदर्श क्याम्पस सञ्चालन गर्नको लागि निर्णय गरेर दिएकोमा पटक पटक किन कहाँ र कसरी दिइयो ? भन्ने खोते थाप्ने र स्पष्टिकरण माग गर्दै यहाँको समग्र समुदायलाई च्यालेन्ज दिने गरेको । यसै विषयलाई लिएर क्याम्पसको जिम्मेवार व्यक्तिहरूलाई फोन गरी क्याम्पसमा अध्यापन गराउने तत्– तत् अध्यापकहरूलाई क्याम्पसबाट निष्कासन गरेमा यो विषय नउठाउने समेत भन्ने गरेको ।
७. पूर्व प्र.अ.लाई फोन मार्फत वा घरैमा गएर बेलावेलामा धम्काउने गर्दै आएको ।
८. घटनाको वारेमा वि.व्य.स. एवम् विद्यालय प्रशासनले पटक पटक स्पष्टिकरण माग्दा पनि स्पष्टिकरण नदिएको ।
९. विगतमा विद्यालयको हलमा एकल गजल साँझ सञ्चालन गरी मदिराजन्य पदार्थसमेत सेवन गर्ने गराउने गरेर विद्यालयको हलमा बार सञ्चालन गरेको तर त्यसको हरहिसाव पारदर्शी नगरेको ।
१०. समय– समयमा आफ्नै फेसबुक वालबाट चाहिँदो नचाहिँदो स्टाटस लेखी शिक्षकहरूलाई धम्काउने । त्यसैगरी, विद्यालयको बारेमा मनगढन्त कुरा लेखी विद्यालयको इज्जतमा नै दाग लगाएको ।
११. सुनौलो भविष्य सहकारीको ठगी काण्डमा मुछिएको बेला करिव ३ महिना विद्यालयमा अनुपस्थित भएको तर तलबभत्ता पुरै दन्काएको ।
१२. कतिपय परीक्षामा पास गराइदिने प्रलोभनमा पारी विद्यार्थीहरूसँग पैसा मागेको । साथै कतिपय विद्यार्थीहरूलाई परीक्षामा चिट चोर्न दिई अनैतिक क्रियाकलापमा लगाई त्यसको फाइदा उठाएको ।
१३. विद्यालय समयमा विद्यालयमा नबसी, बाहिर निस्कने गरेको । बसिहाले पनि कक्षामा पढाउन जाने नगरेको ।
१४. विद्यालयमा पढाउने विषय प्रायः स्थानीय पाठ्यक्रम मात्र पढाएको ।
१५. विद्यालयमा नि.मा.वि. तहमा पढाउने निश्चित शिक्षकलाई मा.वि. तहमा पढाउन पाईदैन मात्रै भन्ने गरेको ।
१६. आफू जुन विद्यालयमा कार्यरत रहेको छ त्यसै विद्यालयको हाताभित्र बसी अबदेखि सिभिल ईन्जिनियरीङ यो विद्यालयले चलाउने र विज्ञान संकाय अर्को कुनै निजी विद्यालयले चलाउने भन्दै दुष्प्रचार गर्ने गरेको । साथै, लागेपुगेसम्म यस विद्यालयमा पढ्न आउने विद्यार्थीहरूलाई भड्काई निजी विद्यालयमा पठाई त्यस वापत कमिसन लगायतका अनेकौं फाइदा लिई उतै तिर विद्यार्थीलाई सिफारिस गर्ने गरेको ।
१७. विद्यालयको छात्रावासबाट बाहिरिंदा विद्यालयको जिन्सि खाता रुजु नै नगरी सामग्री हिनामिना गरि बाहिरिएको ।
१८. छात्रावासमा रहँदा विद्युत महशुल प्रतिमहिना करिव ३० हजार रुपैयाँका दरले उठाउने र त्यो पनि विद्यालयले तिरी दिनु परेको । जबकी छात्रावासमा बस्ने विद्यार्थीहरूसँग प्रशस्त पैसा उठाएको र त्यो पैसा विद्यालयले कत्ति पनि नपाएको ।
१९. कतिपय परीक्षामा विद्यार्थीलाई पास गराइदिने लोभ देखाई विद्यार्थीसँग पैसा माग्ने गरेको, कतिपय विद्यार्थीलाई चिट चर्न दिएर विद्यालयको अनुशासन भाड्ने काममा सक्रीय भुमिका निभाउने गरेको ।
२०. बाहिरी टेलरिङसँग सम्पर्क गरी शिक्षकहरू सबैको पोशाक त्यहीँ सिलाई, त्यसैबाट कमिशन खाएको ।
२१. विद्यालय प्रशासनलाई जानकारी नै नदिई विद्यार्थीहरूलाई पोशाक वितरण गरी करिव ७० हजार रुपैयाँ जतिको विल टेलरबाट उठाएको ।
२२. विद्यालयमा कुनै सामान खरिद गर्नुपर्यो भने आफ्नो माताहतको समिति बनाई कमिशन खाने गरेको । जस्तै एउटा उदाहरणको रुपमा विद्यालयको कक्षाकोठामा पार्केटिङ गरेको ।
२३. विद्यालयको वार्षिकोत्सव समारोहमा खाजाको व्यवस्था गर्दा मासु पसलको विलमा भन्दा २ के.जि. कम्ति मासु विद्यालयमा आईपुगेको । यो त एउटा उदाहरण मात्रै हो ।
२४. समग्रमा भन्नुपर्दा विद्यालयमा पढाउने भन्दा पनि वातावरण धमिल्याउने काम मात्रै गर्ने गरेको ।
२५. आफू कार्यरत विद्यालयमा वातावरण धमिल्याउँदा निश्चित पक्षलाई फाईदा हुनेदेखि विद्यालयमा सँधै वातावरण बिगार्ने काम मात्रै गर्ने गरेको आदि ।
यसप्रकार थकित यात्रीले यस्ता यस्ता बहादुरी पूर्ण काम गरेकै कारणले होला सुन्दरबजार नगरपालिकाको नेतृत्वले पनि उनलाई जोगाउनका लागि न्वारानदेखिको बल खर्चिने गरेको भन्ने आम बुझाइ रहेको छ ।
भोलि(असोज १ गते) बस्ने नगरपालिकाको शिक्षा समिति बैठकले के कस्तो निर्णय गर्ने हो ? सो विद्यालयका व्यवस्थापन समिति, सल्लाहकार समिति तथा अभिभावक वर्ग त्यसको पर्खाइमा छन् ।

प्रकाशित मिति २०८३ भाद्र ३१, बुधबार २२:१४ गते
हजुरको प्रतिक्रिया