मर्स्याङ्दी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

मर्स्याङ्दी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २ गते शनिवार ०६:३५

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ गाउँपालिकाको कार्यालयमा आयोजिक एक विशेष कार्यक्रम बीच उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा एस.ई.ई. परीक्षामा ३.६ जि.पि.ए. र सो भन्दा बढी अङ्क ल्याउने विद्यार्थी पनि सम्मानित भएका छन् ।

भूलभूले(लमजुङ) । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय तथा निवृत्त शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम असोज २ गते भएको हो ।
कार्यक्रममा शिक्षक विद्यार्थीलाई सम्मान पछि गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दा अन्य विद्यार्थी र शिक्षकलाई समेत शैक्षिक क्षेत्रमा थप मेहनत गर्न प्रेरणा मिल्ने उहाँको कथन थियोे ।
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ गाउँपालिकाको कार्यालयमा आयोजिक एक विशेष कार्यक्रम बीच उक्त सम्मान गरिएको सो गाउँपालिकाको शिक्षा शाखाका प्रमुख वसन्त बरुवालले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा एसईई परीक्षा– २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने छात्रछात्रा तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा शिक्षा दिवस– २०८३ सम्म निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मानित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार, सम्मानपत्र, फूलमाला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको सो गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बरुवालले जानकारी दिनु भयो । उहाँका अनुसार शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गाउँपालिकाले सो सम्मान गरेको हो ।
सो अवसरमा विशेष विषयहरू नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिकमा औसतमा र उत्कृष्ठ अंंक दिलाउने शिक्षकहरूलाई पनि छुट्टाछुट्टै सम्मान गरिएको थियो । विषयमा शिक्षक ईश्वरबाबु पाण्डे प्रभातशान्तिपूर्ण मावि, अंग्रेजी विषयमा सोही माविका सुरेशराज घिमिरे, विज्ञान विषयमा सोही माविका सन्तोष अधिकारी, गणित विषयमा रामबालक महतो ग्रामकल्याण मावि हुनुहुन्छ ।
एस.ई.ई. परीक्षामा ३.६ जि.पि.ए. र सो भन्दा बढी अङ्क ल्याउने विद्यार्थी पनि सम्मानित :
कार्यक्रममा एस.ई.ई. परीक्षा २०८२ मा ३.६ जि.पि.ए. र सो भन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेको थियो । उनीहरू शिशिर राउत हिमचुली आ.मा.वि., सोही माविका सार्थक भण्डारी र अमन कतिला, महेन्द्रदेव माविका कुसुम तामाङ, चन्द्रोदय माविका आकाश परियार छन् । यसैगरी, पालिकाको वार्षिक परीक्षा २०८२ मा सम्पूर्ण विद्यालयहरू मध्ये कक्षा ८ मा सर्बाेत्कृष्ट अङ्क ल्याउने हिमचुली आमाविका नमूना खत्री र अतित गुरुङ, चन्द्रोदय माविका अनुष्का गुरुङ, महेन्द्रदेव माविका सुनिमा गुरुङ र त्रिभुवन माविका प्रज्ज्वल विक रहेका छन् ।
शिक्षकतर्फ एसईईमा औसततर्फ सम्मानित हुने शिक्षकहरूमा नेपाली विषयमा शिक्षक ईश्वरबाबु पाण्डे प्रभातशान्तिपूर्ण मावि, अंग्रेजी विषयमा सोही माविका सुरेशराज घिमिरे, विज्ञान विषयमा सोही माविका सन्तोष अधिकारी, गणित विषयमा रामबालक महतो ग्रामकल्याण मावि र सामाजिक विषयमा चन्द्रोदय माविका ढुण्डीराज घिमिरे हुनुहुन्छ ।
शिक्षकतर्फ एसईईमा विषयगततर्फ सम्मानित हुने शिक्षकहरूमा नेपाली विषयमा शिक्षक निर्मला जोशी महेन्द्रदेव मावि, अंग्रेजी विषयमा सोही माविका मुक्तिनाथ न्यौपाने, गणित विषयमा सोही माविका नगेन्द्रनिधि लोहनी, विज्ञान विषयमा महेन्द्र न्यौपाने गणेश मावि र सामाजिक विषयमा पनि महेन्द्रदेव माविकै सोमबहादुर भण्डारी हुनुहुन्छ ।
त्यस्तै, मावि तहको ऐच्छिक अतिरिक्त गणित प्रथममा नगेन्द्रनिधि लोहनी महेन्द्रदेव मावि, अतिरिक्त अर्थशास्त्रमा हरिकाशी गुरुङ त्रिभुवन मावि, ऐच्छिक अतिरिक्त द्वितीयमा रमेश ढकाल चन्द्रोदय मावि, सोही विषयमा सरस्वती कार्की गणेश मावि सम्मानित हुनु भएको छ ।
कक्षा ८ को पालिकास्तरीय परीक्षा औसतमा बढी विद्यार्थी पास गराउनेतर्फ सम्मानित हुने शिक्षकहरू सबै त्रिभुवन माविका हुनुहुन्छ । उहाँहरू नेपालीमा पार्वतीकुमारी जोशी, अंग्रेजीमा तिर्सना गुरुङ, गणितमा गोविन्द घले, विज्ञानमा प्रेमबहादुर थापा र सामाजिकमा कुलचन्द्र सुवेदी हुनुहुन्छ ।
यसैगरी, कक्षा ५ मा पनि औसत र विषयगत रुपमा उत्कृष्ठता हासिल गर्ने शिक्षकहरू तथा विद्यार्थीहरूलाई पनि सम्मान गरिएको सो गाउँपालिकाको शिक्षा शाखाका प्रमुख वसन्त बरुवालले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो अवसरमा निवृत्त शिक्षक पाँच जना तथा विद्यालयका कर्मचारी चार जनालाई पनि सम्मान गरिएको थियो ।
सामाजिक विकास समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारीहरूलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ आश्विन ३, शनिबार १८:३५ गते
हजुरको प्रतिक्रिया