लमजुङमा नेपाली काँग्रेसको नगर अधिवेशन : मध्यनेपालमा मदतान अन्तिम चरणमा, राइनासमा सहमति खोजिदै

लमजुङमा नेपाली काँग्रेसको नगर अधिवेशन : मध्यनेपालमा मदतान अन्तिम चरणमा, राइनासमा सहमति खोजिदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ७ गते बिहिबार ०५:२५

राइनास नगरपालिकामा सहमति खोज्ने प्रयास जारी रहेको बताइएको छ । त्यहाँ अन्तिममा लिला तामाङ र गोविन्द चिलुवालका बीच कुरा मिल्न बाँकी रहेको काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले जानकारी दिनु भएको छ ।

मध्यनेपालमा २५४ जना मतदाता रहेकोमा ५ः१० बजेसम्म २३८ मत खसेको जानकारीमा आएको छ ।

लमजुङ– नेपाली काँग्रेसको १५ औं महाधिवेशनको सन्दर्भमा लमजुङको मध्यनेपाल नगरपालिकाको नगर अधिवेशनमा मतदान अन्तिम चरणमा पुगेको छ । उता, राइनास नगरपालिकामा सहमति खोज्ने क्रम जारी रहेको असोज ८ गते बताइएको छ ।
मध्यनेपाल नगरपालिकाका लागि मतदान गर्ने समय ५ः३० बजेसम्म निर्धारण गरिएको छ । मध्यनेपालमा २५४ जना मतदाता रहेकोमा ५ः१० बजेसम्म २३८ मत खसेको जानकारीमा आएको छ ।
यसैगरी, राइनास नगरपालिकामा सहमति खोज्ने प्रयास जारी रहेको बताइएको छ । त्यहाँ अन्तिममा लिला तामाङ र गोविन्द चिलुवालका बीच कुरा मिल्न बाँकी रहेको काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले जानकारी दिनु भएको छ ।
सहमतिका लागि जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्वजिल्ला अध्यक्ष तुलसी नारायण श्रेष्ठ, सो नगरका वर्तमान सभापति श्रीकृष्ण पौडेल र जैमान गुरुङ रहेको समितिले सहमतिको प्रयास गरेको बताइएको छ । सो समितिमा राखिनु भएका गोविन्द धितालले भने आफू नबस्ने जानकारी गराउनु भइ त्यस कार्यमा सहभागी नहुनु भएको बुझिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन ८, बिहीबार १७:२५ गते
हजुरको प्रतिक्रिया