कृष्णभीर सडक : प्रशासनले बन्द गरेको यातायात सुचारु नहुँदै पूर्ण रूपमा अवरुद्ध

कृष्णभीर सडक : प्रशासनले बन्द गरेको यातायात सुचारु नहुँदै पूर्ण रूपमा अवरुद्ध

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ८ गते शुक्रबार ०८:३१

यही असोज १ गते मात्र दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको सडक फेरि पहिरो खसेपछि पुनः अवरुद्ध बन्न पुगेको हो । गए राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पहिरो गएको सो स्थानमा अझै ठूलो जोखिम कायम रहेकाले यात्रुलाई प्रहरीको नजर छलेर वा लुकीछिपी यात्रा नगर्न आग्रह गरिएको छ ।

कृष्णभीर(धादिङ)– लगातारको वर्षापछि बिग्रदो मौसमी स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले बन्द गराएको कृष्ण भिर सडक यातायात सुचारु नहुँदै पूर्ण रूपमा अवरुद्ध भएको छ । गए राती आएको पहिरोका कारणले सो सडक असोज ९ गते अबरुद्ध भएको हो ।
अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गए राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको धादिङ प्रहरीले पुष्टि गरेको छ ।
यही असोज १ गते मात्र दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको सडक फेरि पहिरो खसेपछि पुनः अवरुद्ध बन्न पुगेको हो । धादिङ प्रशासनले हिजो राती ८ बजेदेखि आज विहान ५ बजेसम्मका लागि उक्त सडकमा सवारी साधनको आवतजावतमा रोक लगाएको थियो । तर आज विहान ५ नबज्दै गएको पहिरोले सो सडक खुल्न पाएन ।
गए राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । सो कार्यालयका अनुसार यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर, फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध बन्न पुगेको हो ।
पहिरो गएको सो स्थानमा अझै ठूलो जोखिम कायम रहेकाले यात्रुलाई प्रहरीको नजर छलेर वा लुकीछिपी यात्रा नगर्न आग्रह गरिएको छ । पहिरोग्रस्त क्षेत्र पार गर्ने प्रयास ज्यानकै लागि खतरापूर्ण हुन सक्ने भन्दै सबैलाई सचेत गराइएको हो । सडक सञ्चालनबारे आधिकारिक सूचना नआएसम्म उक्त मार्ग भएर यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न धादिङ प्रशासनद्वारा अनुरोध गरिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन ९, शुक्रबार ०८:३१ गते
हजुरको प्रतिक्रिया