नरेन्द्रराज प्रसाईको ९५ औं कृतिको लोकार्पण

नरेन्द्रराज प्रसाईको ९५ औं कृतिको लोकार्पण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ९ गते शनिवार ०३:४२

‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले भन्नुभयो ।

‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ औं कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ औं कृति हो ।

काठमाडौं– नरेन्द्रराज प्रसाईद्वारा लिखित ९५ औं कृति ‘सीताराम दाइ’ निबन्धसङ्ग्रहको लोकार्पण गरिएको छ । महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा असोज ९ गते उक्त कार्यक्रम भएको हो । उक्त कार्यक्रम वानीरा फाउन्डेसनद्वारा आयोजना गरिएको हो ।
कार्यक्रममा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले यहाँ आयोजित एक समारोह बीच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
उक्त अवसरमा प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ भन्नुभयो ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा.भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गर्नुभएको वानीरा फाउन्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतले बताउनु भयो । उहाँका अनुसार ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ औं कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ औं कृति हो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा गरिएको उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे आआफ्नो धारणा सहतिका मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति २०८३ आश्विन १०, शनिबार १५:४२ गते
हजुरको प्रतिक्रिया