मर्स्याङ्दी नदी किनारको विद्यमान विपद मानव निर्मित हो : सामाजिक अभियन्ता ओलिया

मर्स्याङ्दी नदी किनारको विद्यमान विपद मानव निर्मित हो : सामाजिक अभियन्ता ओलिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १० गते आईतबार ०९:०४

त्यसरी खोलिएको बाँधका कारणले मर्स्याङदी र खुदीखोला दोभानमा सिम्पानीतर्फ रहेको मन्दिर हाता जहाँ परम्पारदेखिनै ठूली एकादशीका दिनमा ठूलो मेला लाग्ने गर्दछ– को स्थानसमेत प्रभावित भई स्थानीयहरूको युगौंदेखिको आस्थाको केन्द्रका रुपमा त्यहाँ रहेको प्रसिद्ध भूमेश्वर महादेव मन्दिर समेत त्यही बाढीले बगाएको हुँदा त्यो भूमेश्वर महादेव मन्दिर उक्त विद्युत आयोजनाले निर्माण गरिदिनु पर्छ भन्ने स्थानीयको माग ज्यूँका त्यूँ छ ।

ओलियाले भन्नुभयो, ‘हामीले तटबन्ध नै राम्रोसँग गरेको हुँदा ऐलेसम्म जोगिएको स्थिति छ । हाइड्रोपावरहरूले बाँध नखोल्ने र सहज रुपमा नदी बहन दिने हो भने कुनै नोक्सान हुँदैन ।’

लजमुङ– सामाजिक अभियन्ता कृष्णराज ओलियाले मर्स्याङ्दी नदी किनारको विद्यमान विपद मानव निर्मित हो भन्ने ठोकुवा गर्नु भएको छ । उहाँका अनुसार मर्स्याङ्दी करिडोरमा निर्माण गरिएका विद्युत आयोजनाहरूको लापरवाहीका कारणले यस्तो हुन गएको हो ।
मनाङ, लमजुङ, तनहुँ, गोरखा भएर बग्ने मर्स्याङ्दी नदीको प्राकृतिक बहावले बिगतदेखि हालसम्म सो नदीले किनारमा रहेका संरचनाहरूमा कुनै क्षति गरेको छैन सामाजिक अभियन्ता एवम् सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष एवम् धर्मनाथ धामका परिकल्पनाकार कृष्णराज ओलियाले बताउनु भएको छ । सर्वोदय सेवाश्रम, धर्मनाथ धाम लमजुङको राइनास नगरपालिका– ८ को पाउँदी दोभान स्थित मर्स्याङ्दी नदी किनारमा रहेको छ ।
उहाँले भन्नुभयो, ‘हामीले तटबन्ध नै राम्रोसँग गरेको हुँदा ऐलेसम्म जोगिएको स्थिति छ । हाइड्रोपावरहरूले बाँध नखोल्ने र सहज रुपमा नदी बहन दिने हो भने कुनै नोक्सान हुँदैन ।’ उहाँका अनुसार तर पछिल्ला वर्षमा हाइड्रोपावरहरू बने पछिका वर्षहरू भने जिल्लाबासीको नोक्सान बेहोर्दै आएका छन् । विद्युत आयोजना वालाहरूले आफ्नो संरचना जोगाउन बाँध खोल्ने काम गरेपछि उत्पन्न हुने बाढीले ती आयोजनाभन्दा तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउने गरेका प्रशस्त उदाहरणहरू छन् । त्यसैले त्यसको क्षतिपूर्ति ती जलविद्युत आयोजनाले तिर्नु पर्छ ओलिया भन्नु हुन्छ ।
उहाँका अनुसार यदि यसपटक पनि ती जलविद्युत आयोजनाहरूले बाँध खोलेर तल्लोतटीय क्षेत्रमा नोक्सान भयो भने मर्स्याङ्दी नदीमा निर्माण गरिएका ती जलविद्युत आयोजनाहरूको भविष्य पनि सुरक्षित रहने छैन । अतः तिनका बाँधहरू तुरुन्तै बन्द गर्ने काम गरियोस् ।
यतिबेला माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजना र ङादी जलविद्युत आयोजनाले बाध खोलेको स्थिति रहेको छ ।
यसअघिका वर्षमा माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाले बाँध खोल्ने र आफ्नो तर्फको संरचना मात्र जोगाउन वाल(पर्खाल) लगाउने कार्य गर्नाले मर्स्याङदी गाउँपालिका– ३ को खुदी स्थित अमर माविको हाता कटान गरी विद्यालय भवननै जोखिममा परेको थियो । त्यस्तो जनगुनासो बढे पछि त्यसको संरक्षण गर्ने कार्य आयोजनाबाट भयो ।
त्यतिमात्र हैन, त्यसरी खोलिएको बाँधका कारणले मर्स्याङदी र खुदीखोला दोभानमा सिम्पानीतर्फ रहेको मन्दिर हाता जहाँ परम्पारदेखिनै ठूली एकादशीका दिनमा ठूलो मेला लाग्ने गर्दछ– को स्थानसमेत प्रभावित भई स्थानीयहरूको युगौंदेखिको आस्थाको केन्द्रका रुपमा त्यहाँ रहेको प्रसिद्ध भूमेश्वर महादेव मन्दिर समेत त्यही बाढीले बगाएको हुँदा त्यो भूमेश्वर महादेव मन्दिर उक्त विद्युत आयोजनाले निर्माण गरिदिनु पर्छ भन्ने स्थानीयको माग ज्यूँका त्यूँ छ ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालसँग सम्पर्क गर्दा ‘ऐले त बाढी नै यति धेरै आएको छ कि सामान्यतः सात सय मिटर क्यूसेट प्रति सेकेण्ड हुने ठाउँमा १४ सय पुग्यो भन्ने छ उहाँले भन्नुभयो । उहाँका अनुसार हाइड्रोपावरहरूले सामान्य स्थिति नाघेपछि बाँध खोलेर आयोजनाको उत्पादन नै बन्द गर्ने रहेछन् ।
‘तर विद्युत आयोजनाहरूले बाँध खोली दिएर नदीमा बहाब बढेकै कारणले नदी किनारका संरचना बिग्रने भए’ भन्ने गुनासो छ नि ? भन्ने जिज्ञासामा तपाईलाई ओलियाजीले भन्नु भएको होला, मलाई पनि फोन गर्नु भएको थियो । त्यसपछि मैले ती आयोजनाहरूमा बुझे, उनीहरूले हिजैदेखि आयोजना बन्द गरेको बताए प्रजिअ खनालले भन्नुभयो ।
ओलियाजीको तर्क त ठीक देखिन्छ नि ? भन्ने थप जिज्ञासामा उहाँको भनाई ठीकै हो, त्यसपछि मैले विद्युत आयोजनाहरूलाई विस्तारै पानी खोल्न भनेको छु, गर्दै होलान् । तर बाढी नै अधिक आएको अवस्था छ यतिबेला उहाँले उल्लेख गर्नुभयो ।
विद्युत आयोजनाले बाँध खोलेनन् भने यता समस्या हुँदैन ओलियाले दोहोर्याउनु भयो । ऐले ठीक छ, त्यसपछि नदीको बहाब बढेको छैन ।

प्रकाशित मिति २०८३ आश्विन ११, आईतवार ०९:०४ गते
हजुरको प्रतिक्रिया