
बेसीशहर(लमजुङ)– नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा लमजुङमा आज हुने भनिएको मतदान ऐलेसम्म सुरु भएको छैन भने केही उम्मेदवारले नाम फिर्ता लिए पनि उनीहरूको नाम मतपत्रबाट नहटाइको भन्ने गुनासो आएको छ । यसअघिको सूचना अनुसार आज असोज १३ गते विहान ८ बजेदेखि जिल्ला समन्वय समितिको हलमा मतदान सुरु हुने भनिएको थियो । एक प्रतिनिधिले भने मतपत्र आएकै छैन रे ! सुरु हुन १२ बज्ने छाट छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका तर पछि फिर्ता लिन चाहना राखेर नाम फिर्ता गरिएको भनिए पनि मतदाता सूचिबाट भने नाम हटाइन, ‘बरु मतमत्र छाप्ने खर्च म दिन्छु, नाम फिर्ता लिएपछि किन राख्ने ? भनेको हुँदैन भने, यस्तै त हो राजनीति,’ जिल्ला सचिव समेत रहनु भएका विमल श्रेष्ठले बताउनु भयो ।
विमल श्रेष्ठले आफ्नो फेसबुक वालामा लेख्नु भएको छ, ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फबाट म विमल श्रेष्ठले दिएको उम्मेदवारी पार्टी संगठन भित्र सहमति, सहकार्य र एकताबाट मात्रै संगठन दिगो, दरिलो र बलियो रहन्छ भन्ने मान्यता राख्दै सबै साथीहरूले मप्रति देखाउनु भएको साथ र मायाका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै मैले दिएको उम्मेदवारी सहर्ष फिर्ता गरेको सबैमा जानकारी गराउँदछु ।’
त्यसरी नाम फिर्ता लिनेमा राइनास नगरपालिकाका निवर्तमान नगर सभापति श्रीकृष्ण पौडेल पनि हुनुहुन्छ । श्रेष्ठ र पौडेलले संयुक्त वक्तव्यमार्फत उम्मेदवारबाट नाम फिर्ता लिएको उल्लेख गर्नु भएको हो । सो पदमा अन्य पनि दुई जनाले नाम फिर्ता गरेको जानकारीमा आएको छ ।
काँग्रेसको विधान अनुसार केन्द्रीय महाधिवेशनका लागि ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएता पनि कुल ८९ जनाले मनोनयन दर्ता गरेका छन् । तर नाम फिर्ता लिन चाहनेहरूले समेत नाम फिर्ताको प्रक्रिया पुरा गरेर पनि मतपत्रमा भने नाम नहटेको स्थितिको सामना गरिरहेका छन् ।
मतदान कार्य ऐले बिहानको खाना खाएपछि सुरु हुने भनेर सबै खाना खान गएको तर मतदान हुने सयम यत्ति नै बजे भन्ने किटान अझै नभएको बताइएको छ ।
क्षेत्रीय सभापतिमा क क्षेत्रतर्फ विजय गुरुङ निर्विरोध भइसक्नु भएको छ भने अन्य पदमा पनि मतदान नहुने भएको छ । त्यस्तै, ख क्षेत्रतर्फ ३/३ जना प्रतिस्पर्धी हुनुहुन्छ । सभापति पदका प्रत्यासीमा अमृत न्यौपाने, ई. दिपेन्द्र रावल र राजेश थापा हुनुहुन्छ । त्यस्तै, सचिवमा रामजी कँडेल, शंकर न्यौपाने र शोभाकर बराल बीच प्रतिस्पर्धा हुँदैछ ।
सो क्षेत्रमा पनि उपसभापति तथा सहसचिव निर्विरोध भइसकेको छ ।
यो निर्वाचनमा जिल्लाभरबाट एक हजार ८०२ जनाले मतदानमा भाग लिदै छन् । त्यस्तै निर्वाचन क्षेत्र नं ‘ख’ मा मतदाता संख्या ९५५ रहेको छ ।

प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार १०:५३ गते