नेपाली काँग्रेस लमजुङको मतदानमा एक हजार ५६६ मत खस्यो, गणना भोलि विहान छ बजेदेखि गरिने

नेपाली काँग्रेस लमजुङको मतदानमा एक हजार ५६६ मत खस्यो, गणना भोलि विहान छ बजेदेखि गरिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १२ गते मङ्गलबार ०८:२९

यो वर्ष केन्द्रमा औपचारिक रुपमै संस्थापन पक्ष र इतर पक्ष दुई गुट भएको बेलामा यो जिल्लामा संस्थापन पक्षमा देखिएका नेताहरू बीचको उत्पन्न चर्को गुटबन्दी भने अध्ययन लायकको रहेको राजनीतिका विश्लेषकहरूले बताएका छन् ।

यस प्रकार प्रदेश क्षेत्र क तर्फ ७३४ मत र ख तर्फ ८२७ मत खसेको बताइएको छ । यसरी हेर्दा २३६ जनाले मतदानमा भाग लिन रुचि नदेखाएको देखिन्छ ।

बेसीशहर– नेपाली काँग्रेस लमजुङको आज भएको निर्वाचनमा एक हजार ५६६ मत खस्यो, मत गणना कार्य भने गणना भोलि असोज १४ गते विहान मात्र हुने भएको छ ।
निर्वाचन क्षेत्रको नेतृत्व चयन, प्रदेश प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्न निर्वाचन भएको हो । केही पदमा निर्विरोध भएता पनि धेरै जस्तो पदमा मतदान भएको छ । त्यसमा पनि मुख्य अकर्षकका रुपमा रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि धेरैको नजर गएको देखिन्छ । कारण यो पटक काँग्रेसको विधानमा जिल्ला सभापति हुनका लागि पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनै पर्छ ।
यो निर्वाचनमा जिल्लाभर एक हजार ८०२ जना मतदाता थिए । तीमध्ये क्लस्टर अनुसार मत फरक खसेको बताइएको छ । दुवै निर्वाचन क्षेत्रको कुल मत एक हजार ५६१ मत खसेको निर्वाचन समितिका सदस्य अधिवक्ता विजय प्रकाश अधिकारीले बताउनु भयो । उहाँका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधि समानुपातिकमा भने एक हजार ५६६ मत खसेको छ । त्यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक हजार ५६० मत मात्र खसेको उहाँको भनाइ छ ।
यस प्रकार प्रदेश क्षेत्र क तर्फ ७३४ मत र ख तर्फ ८२७ मत खसेको बताइएको छ । यसरी हेर्दा २३६ जनाले मतदानमा भाग लिन रुचि नदेखाएको देखिन्छ । अधिकारीले भन्नुभयो, ‘मतगणना कार्य भोलि विहान छ बजेदेखि गरिने छ ।’ मत पेटिका प्रहरीलाई जिम्मा लगाइएको छ ।
गुट गत समस्या ज्यूँका त्यूँ :
लमजुङ काँग्रेसमा रहेको दुई गुट यो पटक पनि छलाछुल्ल भयो । २०४९ सालदेखिनै काँग्रेसले विद्रोह अर्थात दुई धारको प्रतिनिधित्व हुँदै र आगोपानी समेत बारबारसम्म हुँदै आएको स्थिति हो । ऐले पनि एक समूहले अर्को समूहको व्यक्तिसँग खुलेर नबोल्ने प्रवृत्ती मौलाइरहेको सम्बद्ध स्रोतले बताएको छ ।
यो वर्ष केन्द्रमा औपचारिक रुपमै संस्थापन पक्ष र इतर पक्ष दुई गुट भएको बेलामा यो जिल्लामा संस्थापन पक्षमा देखिएका नेताहरू बीचको उत्पन्न चर्को गुटबन्दी भने अध्ययन लायकको रहेको राजनीतिका विश्लेषकहरूले बताएका छन् ।
यो निर्वाचनमा पनि त्यस्तो गुट झनै पनपनाएको पाइएको छ । भलै केही नेताहरूले गुट परिवर्तन गरेका किन नहुन् ।
तर कार्यकर्ताका बिचमा मत माग्दा प्यानल वाइज मागिएता पनि परिणाम भने मिश्रित आउँछ भन्नेमा दुवैतर्फका नेताहरू ढुक्क देखिएका छन् ।

प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार २०:२९ गते
हजुरको प्रतिक्रिया