नेपाली काँग्रेस अधिवेशन : मतगणनाका लागि बैठक सुरु

नेपाली काँग्रेस अधिवेशन : मतगणनाका लागि बैठक सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार ०८:०४

नेताहरू गुटबन्दीमा लागेर रमाएको भएता पनि कार्यकर्ताहरूले भने मिलेर जानु पर्ने सन्देश आफ्नो मतबाट अभिव्यक्त गरेको संकेत मिलेको छ । किनकि मत परिणाम प्यानलको नभई मिश्रित हुने देखिएको छ ।

मत गणना कार्य फरक फरक पदको मतपत्र अनुसार सबैको एकै पटक गणना थालिने तयारी गरिएको छ । यसबाट भने नतिजा छिटै आउन सक्ने आंकलन गरिएको छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको १५ औं महाधिवेशनका क्रममा हिजो भएको क्षेत्रीय नेतृत्व चयन तथा प्रदेश सभा र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनको मत गणनाका लागि तयारी बैठक सुरु भएको छ । हिजो, आज असोज १४ गते विहान छ बजेदेखिनै गणना थालिने भनिए पछि ऐले ८ बज्दै गर्दा बल्ल बैठक सुरु भएको छ ।
मत गणना कार्य फरक फरक पदको मतपत्र अनुसार सबैको एकै पटक गणना थालिने तयारी गरिएको छ । यसबाट भने नतिजा छिटै आउन सक्ने आंकलन गरिएको छ ।
सबैभन्दा धेरै उम्मेदवार केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि देखिएको छ ।
प्रदेश सभा स्तरका प्रतिनिधि पनि उती धेरै छैनन् भने क्षेत्रीय पदाधिकारी क मा प्रायः निर्विरोध भएका छन् । खतर्फकोले केही समय लिन सक्ने देखिएको छ । तर पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको जस्तो लम्मेतान हुने स्थिति भने छैन ।
नेताहरू गुटबन्दीमा लागेर रमाएको भएता पनि कार्यकर्ताहरूले भने मिलेर जानु पर्ने सन्देश आफ्नो मतबाट अभिव्यक्त गरेको संकेत मिलेको छ । किनकि मत परिणाम प्यानलको नभई मिश्रित हुने देखिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार ०८:०४ गते
हजुरको प्रतिक्रिया