नेपाली काँग्रेस प्रदेश खमा आठ सय मत गणना : दुई सभापति बीच छ मतको अन्तर, रावल अघि

नेपाली काँग्रेस प्रदेश खमा आठ सय मत गणना : दुई सभापति बीच छ मतको अन्तर, रावल अघि

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार ०२:००

सोही क्षेत्रको सचिव पदमा भएको निर्वाचनमा रामजी कंडेल ७३ मतले अघि हुनुहुन्छ । उहाँले २७६ मत पाएको देखिन्छ । त्यस्तै, सो पदका प्रत्यासी शोभाकर बरालले २०३ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी, अर्का प्रत्यासी शंकर न्यौपानेले १९८ मत पाउनु भएको स्थिति छ ।

ई. दिपेन्द्र रावलले ३१८ मत पाउनु भएको छ दोस्रोमा अमृत न्यौपानेले ३१२ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार राजेश थापाले १६० मत पाउनु भएको स्थिति छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको क्षेत्रीय सभापति ख क्षेत्रमा हिजो भएको मतदानको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्न थालेको छ । असोज १४ गते विहान ढिला गरी सुरु भएको मतगणनामा आठ सय मत गणना भएकोमा सभापतिका प्रत्यासी तीन जनामध्ये रावल ६ मतको अन्तर अघि देखिनुु भएको छ ।
सो दौडमा पछिल्लो चरणमा ई. दिपेन्द्र रावलले ३१८ मत पाउनु भएको छ । दोस्रोमा अमृत न्यौपाने हुनुहुन्छ । उहाँले ३१२ मत पाउनु भएको छ । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार राजेश थापा हुनुहुन्छ । उहाँले १६० मत पाउनु भएको स्थिति रहेको बताइन्छ ।
यसैगरी, सोही क्षेत्रको सचिव पदमा भएको निर्वाचनमा रामजी कंडेल ७३ मतका साथ अघि हुनुहुन्छ । उहाँले २७६ मत पाउनु भएको छ । त्यस्तै, सो पदका प्रत्यासी शोभाकर बरालले २३० मत प्राप्त गर्नु भएको छ । अर्का प्रत्यासी शंकर न्यौपानेले १९८ मत पाउनु भएको स्थिति छ ।
अब २७ मत मात्र गणना गर्न बाँकी छ, अन्तिम नतिजा सबै पदको एकैसाथ घोषणा गरिने बताइएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार १४:०० गते
हजुरको प्रतिक्रिया