नेपाली काँग्रेसको मत गणना रोकियो : परिणाम घोषित हुन कठिन

नेपाली काँग्रेसको मत गणना रोकियो : परिणाम घोषित हुन कठिन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार ०९:०६

यतिबेला मत गणनास्थलमा प्रहरीको कडा पहरा चलिरहेको छ । सहमतिको प्रयास भए पनि निष्कर्षमा पुग्न निस्केको छैन । नभेटिएको मतका बारेमा के हुन्छ ? भन्ने पनि टुंगो लाग्न सकेको छैन ।

खसेको कुल मत मध्ये तीन मत सो बाक्सामा फेला पर्न सकेको थिएन । ती तीन मत अन्य कुनै बाक्सामा परेको होला, पाएपछि त्यसै अनुसार गणना गरी घोषणा गर्ने सहमतिमा गणना कार्य अघि बढी रहेको थियो ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको हिजो १३ गते भएको मतदानको गणना कार्य स्थगित भएको छ । प्रदेश खको सभापति पदमा अमृत न्यौपाने र ई. दिपेन्द्र रावलका बीचमा एक मत अन्तर भएको थियो । सोही विवाद बढेको कारणले असोज १४ गते साँझ करिब एक घण्टा अघि(८ बजे)देखि मत गणना कार्य स्थगित भएको हो ।
न्यौपाने र रावलले पाएको मतमा एक मतले न्यौपाने अघि हुनुहुन्थ्यो । तर खसेको कुल मत मध्ये तीन मत सो बाक्सामा फेला पर्न सकेको थिएन । ती तीन मत अन्य कुनै बाक्सामा परेको होला, पाएपछि त्यसै अनुसार गणना गरी घोषणा गर्ने सहमतिमा गणना कार्य अघि बढी रहेको थियो । मत गणनाको क्रममा सो पदको दुई मत फेला पर्यो तर एक मत भेटिन सकेको छैन । त्यो मत देखाउन आग्रह गर्दा संस्थापन पक्षले अटेर गरेका कारणले गर्दा अर्को पक्षले सबै मत गणनाको कार्य रोक्नु पर्ने प्रस्ताव गर्यो । त्यसको जानकारी प्रशासनलाई समेत दिइएको बताइएको छ ।
यतिबेला मत गणनास्थलमा प्रहरीको कडा पहरा चलिरहेको छ । सहमतिको प्रयास भए पनि निष्कर्षमा पुग्न निस्केको छैन । नभेटिएको मतका बारेमा के हुन्छ ? भन्ने पनि टुंगो लाग्न सकेको छैन । भेटिएका दुई पनि पनि काँग्रेसका जिल्ला अध्यक्ष डा. टकराज गुरुङले कब्जा गरेको र अर्को पक्षलाई नदेखाएको बताएको छ । ती दुई मत नदेखाएसम्म समग्र गणना प्रक्रिया रोक्नु पर्ने अडानमा अर्को पक्ष रहेका कारण मतगणना अघि बढ्न सकेको छैन ।
दुई पक्षको खिचातानीमा निर्वाचन समिति भने निरिह बनिरहेको छ । आफ्नो कुनै निर्णय सुनाउन सकिरहेको छैन ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार २१:०६ गते
हजुरको प्रतिक्रिया