नेपाली काँग्रेस लमजुङको स्थागित मतगणना सुरु

नेपाली काँग्रेस लमजुङको स्थागित मतगणना सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार १०:२०

अमृत न्यौपानेसँग सम्पर्क गर्दा नेताहरूले आफ्नो स्वार्थका लागि गरेको सहमतिको कुनै अर्थ रहन्न, छैन । कानुनले जे भन्छ त्यही अनुसार हुने निर्णय आफूले स्वीकार गर्ने बताउनु भयो । ई. रावल पक्षले खसेको मत जहाँ जजस्तो अवस्थामा भए पनि सबै गणना हुनुपर्छ भन्ने अडान राखिरहेको स्थिति रहेको छ ।

ऐलेसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना कार्य करिब पाँच सय मतको मात्र गणना गरेको स्थिति छ । करिब १६०० मत गणनाका लागि आज रातभर लाग्ने आंकलन गरिएको छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको गणना कार्य स्थगित भएकोमा पुनः सुरु भएको छ । प्रदेश खको सभापति पदको मत विवादका कारणले स्थागित भएको मतगणना पुनः सुरु भएको हो ।
प्रदेश खको सभापति पदमा अमृत न्यौपाने र ई. दिपेन्द्र रावलका बीचमा एक मत अन्तर भएको थियो । सोही विवाद बढेको कारणले असोज १४ गते साँझ करिब दुई घण्टा स्थगित भएको मत गणना कार्य सुचारु भएको हो ।
न्यौपाने र रावलले पाएको मतमा एक मतले न्यौपाने अघि हुनुहुन्थ्यो । तर खसेको कुल मत मध्ये तीन मत सो बाक्सामा फेला पर्न सकेको थिएन । ती तीन मत अन्य कुनै बाक्सामा परेको होला, पाएपछि त्यसै अनुसार गणना गरी घोषणा गर्ने सहमतिमा गणना कार्य अघि बढी रहेको थियो । मत गणनाको क्रममा सो पदको दुई मत फेला पर्यो तर एक मत भेटिन सकेको छैन । त्यो मत देखाउन आग्रह गर्दा संस्थापन पक्षले अटेर गरेका कारणले गर्दा अर्को पक्षले सबै मत गणनाको कार्य रोक्नु पर्ने प्रस्ताव गर्यो र स्थागित भएको थियो ।
पछि त्यो एक कारणले सबैको स्थिति अन्योल गर्नु भएन भन्ने छलफलबाट सहमति भएपछि गणना कार्य पुनः सुचारु भएको हो ।
यसबारेमा अमृत न्यौपानेसँग सम्पर्क गर्दा नेताहरूले आफ्नो स्वार्थका लागि गरेको सहमतिको कुनै अर्थ रहन्न, छैन । कानुनले जे भन्छ त्यही अनुसार हुने निर्णय आफूले स्वीकार गर्ने बताउनु भयो ।
त्यस्तै ई. रावल पक्षले खसेको मत जहाँ जजस्तो अवस्थामा भए पनि सबै गणना हुनुपर्छ भन्ने अडान राखिरहेको स्थिति रहेको छ ।
ऐलेसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना कार्य करिब पाँच सय मतको मात्र गणना गरेको स्थिति छ । करिब १६०० मत गणनाका लागि आज रातभर लाग्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार २२:२० गते
हजुरको प्रतिक्रिया