
बेसीशहर– नेपाली काँग्रेसको १५ औं महाअधिवेशनको क्रममा लमजुङमा भएको निर्वाचनमा प्रदेश प्रतिनिधि लमजुङ ख क्षेत्रको नतिजा प्राप्त भएको छ । केन्द्रीय प्रतिनिधिको मतगणना असोज १५ गते विहान ६ बजे पनि जारी रहेको छ ।
उक्त निर्वाचन क्षेत्रमा ख तर्फ ८२७ मत खसेको थियो । खुला(पुरुष)तर्फ ८ जना प्रतिनिधि छनौट हुनुपर्नेमा १६ जनाले उम्मेदवारी दिनु भएको थियो । सो निर्वाचनमा विजयी हुनेमा सर्वाधिक मत पाउनेमा रमेशकुमार पाण्डे ५४३ मत, केशव न्यौपाने ४१० मत, गगन घिमिरे ४०४ मत, तिर्थमान गुरुङ ३७२ मत, मदनकुमार न्यौपाने ३७६ मत, मृगेन्द्र्र घिमिरे ३५७ मत, शंकर विष्ट ३६८ मत र अमृत गुरुङ ३२५ मत, दुर्गादेवी रिमाल चुडाल १६२ मत पाउनु भएको छ ।
यसैगरी, अन्यले पाउनु भएको मतमा नरेन्द्र थापा ३५५ मत, दिलिप राना मगर ३३१ मत, विशाल कोइराला २९५ मत, भरतराज गौली २८१ मत, दिनेश कुवर २४५ मत, विशाल कोइराला २०७ मत, सुजनबाबु लोहनी २३४ मत र विश्वराज पौडेल १६० मत पाउनु भएको स्थिति छ ।
यसैगरी, महिला दुई जनामा चार जनाको उम्मेदवारी परेको थियो । विजयी हुनुहुनेमा कन्याकाशी गुरुङ ४४४ मत र मनकुमारी आचाजु ३६९ मत हुनुहुन्छ । त्यस्तै , अन्य मत पाउनेमा मधुकुमारी भट्टराई ३१५ मत र शर्मिला बोहराले २९७ मत पाउनु भएको छ ।
त्यस्तै, युवा खुलातर्फ ज्योती गुरुङले ४८५ मत पाई विजयी हुनु भएको छ भने अमिम वस्तीले २५९ मत पाउनु भएको छ । दलिततर्फ विशाल परियारले ३८८ मत पाई विजयी हुनु भएको छ भने सलिना विकले २९२ मत पाउनु भएको छ ।
आदिबासी जनजातिको दुई पदमा विकाश गुरुङ ४२१ मत र कृष्ण गुरुङले ३७४ मत पाई विजयी हुनु भएको छ भने अन्य शत्रुधन श्रेष्ठले ३१५ मत र देवकुमार तामाङ २८५ मत पाउनु भएको छ ।
यसैगरी, खसआर्यको एक पदमा कृष्णप्रसाद अधिकारीले ३६५ मत पाई विजयी हुनु भएको छ भने उद्धव बस्नेतले २१३ मत र बाबुराम कंडेलले १३५ मत पाउनु भएको स्थिति छ । खसआर्यको महिलातर्फको एक पदमा सीता शाहीले ४३५ मत पाई विजयी हुनु भएको छ भने प्राश्ना धितालले ३४३ मत पाउनु भएको जानकारीमा आएको छ ।
यसैबीच, प्राप्त पछिल्लो जानकारी अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना ऐलेसम्म ८५० मत मात्र गणना भएको बताइएको छ । यीे पदका लागि १५६० मत खसेको छ ।

प्रकाशित मिति २०८३ आश्विन १५, बिहीबार ०६:४९ गते